दुधे/ किराँत समुदायमा लिम्बु लिपि, मुन्धुम र भाषा–साहित्यका प्रर्वतक श्रीजंगाको स्मृतिमा झापाको शिबसताक्षी–७ व्याङ्गडाडा चौकमा पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ । श्रीजगा प्रतिमा निर्माण समितिले शनिबार व्याङ्गडाडामा आयोजना गरेको एक कार्यक्रमवीच नगर प्रमुख चन्द्रकुमार शेर्माले प्रतिमाको शिलान्यास गरेका छन् ।
श्रीजंगा निर्माण समितिका अध्यक्ष चन्द्रप्रकाश लिङदेनको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगर प्रमुख शेर्माले सवै जाति, धर्म, संस्कृति, भाषा र साहित्यको विकासमा नगरपालिकाको तर्फबाट सकारात्मक सहयोग रहने बताएका थिए । नगर प्रमुख शेर्माले ऐतिहासिक तथा पुरातात्विक पक्षलाई उजागर गर्ने र जाति, धर्म र संस्कृतिको पहिचानलाई बचाइराख्ने भौतिक निर्माणमा स्थानीयवासीको सक्रिय सहभागिता हुन आवश्यक रहेको औल्लाए ।
शिलान्यास कार्यक्रममा निर्माण समितिका अध्यक्ष चन्द्रकुमार लिङदेनले लिम्बु समुदायका नक्षत्र श्रीजंगाको स्मृतिमा पूर्णकदको प्रतिमा निर्माण गर्न लागेको बताए । उनले अहिलको आधुनिक समाज निर्माणकर्ता किराँत लिम्बु लिपि, मुन्धुम र भाषा–साहित्यको प्रर्वतक श्रीजंगाको प्रतिमा १६ दशमलव ३ फुट उचाईको हुने जानकारी दिए । अध्यक्ष लिङदेनका अनुसार प्रतिमा ६ फूटको रहने छ । त्यस्तै, जमिनभित्र पाँच फूट गहिराइमा जग, जमिनमा ३ फुट गोलाईको उचाई र ७ दशमलब ३ फूट उचाईको पिलर रहने लिङदेनले जानकारी दिए ।
श्रीजंगाको प्रतिमा निर्माण समितिका सचिव बुद्धिराज लकसम्ले प्रतिमा निर्माणमा रु १० लाख अनुमानित खर्च हुने बताए । सचिव लक्समले देश–बिदेशमा रहेका दाजुभाई तथा दिदीवहिनी लगायत दाताहरुबाट सङकलन गरेको रुपैयाले प्रतिमा निर्माण गरिन लागेको बताए । उनले वडा नं ७ बाट एक लाख ५० हजार सहयोग रुपैया प्राप्त भएको जनाए ।
प्रतिमा निमाणलाई प्रभावकारी बनाउन निर्माण समितिले सहयोग अनुसार तहगत कार्यक्रमहरु सञ्चालन गरेको छ । एक हजारदेखी ५ हजारसम्म दिने दातालाई कदरपत्रसहित शिलालेखमा नाम राख्ने, पाँच हजारदेखी १० हजारसम्म दिने दाताको कदरपत्रसहित शिलालेखमा नाम राख्ने, १० हजारदेखी २५ हजारसम्म दिने दातालाई चाँदीको फ्रेममा कदरपत्रसहित शिलालेखमा नाम राख्ने, पचास हजारदेखी १ लाखसम्म दिने दाता दम्पतीको तस्विरसहित कदरपत्रले सम्मान र शिलालेखमा नाम राख्ने र एक लाखदेखी माथि दिने दानवीर दाताको तीनपुस्ते विबरणहरुसहित चाँदीको फ्रेम भएको कदरपत्र र शिलालेखमा नाम राख्ने भएको छ ।
सो अवसरमा नगर उपप्रमुख भोजकुमारी नेपाल र इलाका प्रहरी कार्यालय शिबगञ्जका प्रमुख प्रहरी नायव निरिक्षक दिलिप कुमार यादबले मन्तव्य राखेका थिए । निर्माण समितिका सचिव बुद्धिराज लक्मसले सञ्चालन गरेको कार्याक्रममा समितिका सदस्य मणिप्रसाद खड्काले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले लिम्बु मुन्धुम संस्कृति झल्कने केलाङ नृत्य प्रस्तुत गरेका थिए ।
श्रीजंगाको पूर्णकदको प्रतिमा निर्माण गरिन्दैं
फेसबूकमा कमेन्ट्स गर्नुहोस्