प्रधानमन्त्री ओली निवास दमकमा विप्लवको वारेण्टनामा सुरक्षामा खटेका प्रहरीले थाहै पाएनन्

0
246

दमक/ प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित निवासमा बुधवार विहान ११ वजे पन्ध्रदिने ‘वारेन्ट’ जारी गरिएको सूचना टाँसेका छन् । दमकस्थित ओली निवासमा अगाडीको गेटमा सुरक्षार्थ प्रहरी बसेका भएपनि पछाडीपट्टीको भित्तामा पर्चा टासेर भागेको छिमेकीले बताएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमातहतको कथित ‘केन्द्रिय जनअदालत’ रोल्पालाई मुकाम बनाई अस्तित्वमा रहेको र सार्वजनिक स्थानमा सूचना टाँस भएको १५ दिनभित्र सोही अदालतमा उपस्थित भई स्पष्टिकरण दिन सूचना जारी गरिएको ‘केजरो’सम्बद्ध प्रकाशद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीमाथि गत फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमसेवकको सार्वजनिक कार्यक्रममा सहभागी हुन विराटनगर जाँदै गर्दा नेकपाका नेताहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवम् पदम राईलगायतका थुप्रै युवाहरूलाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको र यही चैत ५ गते नेकपा कोशी ब्युरो इन्चार्ज किरण राईलगायत नेताहरूलाई गिरफ्तार गरी धनकुटामा थुनामा राखेको अभियोग लगाइएको छ । सोही विषयमा स्पष्टिकरण दिन केपी ओलीको नाममा पत्र काटिएको नेकपा सुत्रले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई लेखिएको पत्रमा ‘मोहनप्रसाद ओलीको छोरा झापा स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यबिनायक–२ बालकोट बस्ने तपाईं खड्गप्रसाद ओलीका विरुद्धमा केन्द्रिय जनअदालत रोल्पामा मुद्दाहरू परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईंसँग केही बुझ्नुपर्ने भएकोले सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको १५ दिनभित्र जनअदालत रोल्पामा उपस्थित हुन सूचित गरिन्छ‘’ भन्ने ब्यहोरा उल्लेख गरिएको छ । दमक स्थित ओली निवासमा दमक नपाका मेयर रोमनाथ ओली बस्दै आएको छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here