दमकस्थित हंसेदुम्से सामुदायिक वनबाट काठ चोरी गर्ने ३ पक्राउ

0
289

दमक/ अवैध काठसहित मोरङको कानेपोखरीमा तीनजना पक्राउ परेका छन् । झापाको दमकस्थित हंसेदुम्से सामुदायिक वनबाट २५ क्यूफिट काठसहित बेलबारी जाँदै गरेका उनीहरूलाई प्रहरीले कानेपोखरीबाट नियन्त्रणमा लिएको हो ।
ना ३ त ३६३१ नम्बरको ट्याक्टरमा काठ लुकाएर लैजाँदै गर्दा दमकका २१ वर्षीय अनिल लिम्बु र १६ वर्षीय सुमन राई तथा चुलाचुलीका ३२ वर्षीय मानबहादुर लिम्बु पक्राउ परेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
इलाका प्रहरी कार्यलय पथरीको टोलीले ट्याक्टर र काठसहित पक्राउ परेका तीनै जनालाई सेक्टर वन कार्यालयको जिम्मा लगाएको छ । अवैध काठका व्यापारी भन्ने नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here