ताप्लेजुङको एक होटलमा आगलागी

0
232

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङको हेलिप्याड स्थित होटल इको भ्यूमा शुक्रबार बिहान आगलागी भएको छ ।

होटल, लज र रेष्टुरेण्ट संचालनमा रहेको तीन तले घरको माथिल्लो तलामा बिहान ६ वजे आगलागी भएको थियो । बिद्युत सर्ट भएर आगलागी भएको होटलका सञ्चालक खगेन्द्र पालुङवाले बताए । आगलागी हुनासाथ लजमा रहेका अतिथिलाई बाहिर निकालेकाले मानवीय क्षति जोगिएको छ ।

दमकल, सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट भएको क्षतको एकिन भईसकेको छैन । फुङलिङमा प्रत्येक वर्षजसो आगलागी हुँदै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here