विभागीय टोली आर्मी झापा गोल्डकपको फाइनलमा

0
175

झापा/ झापामा जारी तेस्रो झापा गोल्डकपको फाइनलमा नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक झापा ११ बीच प्रतिस्पर्धा हुने पक्का भएको छ । शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेसँगै झापासँगको भेट पक्का भएको हो ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीले खेलको सुरुवातमा नै गरेको गोल निर्णायक बन्यो। नवयुग श्रेष्ठले खेलको पहिलो मिनेटमा नै गरेको एकमात्र गोलको मद्दतले आर्मी उपाधि नजिक पुग्न सफल भएको हो ।
जारी सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्मीलाई मनाङले दोस्रो हाफमा केही दबाबमा राखे पनि गोल गर्न नसक्दा मनाङको अघिल्लो यात्रा समाप्त भयो। खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे। अब आर्मीले आगामी सोमबार आयोजक झापा ११ सँग फाइनल खेल खेल्नेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here