मोटरसाईकल चालकको मृत्यु

0
172

झापा,७ फागुन / मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको मेचीनगर नगरपालिका १२ स्थित भित्री सडक खण्डमा आईतबार राती चालकको मृत्यु भएको छ ।

राती साढे ११ बजेको समयमा चारआलीबाट कालीझोडातर्फ जाँदै गरेको मे. ३ प. ८०३५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी चालक अर्जुनधारा नगरपालिका १ बस्ने २७ बर्षिय प्रवेश चौधरी गम्भीर घाईते भई उपचारकालागि बिएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी चारआलीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here