अव दमक अस्पतालले पोष्टमार्टम सेवा दिने

0
172

दमक,६ फागुन / झापाको दमकस्थित दमक अस्पतालमा पोष्टमार्टम सेवा शुरु भएको छ । दुई वर्ष अघि औपचारिक रुपमा सञ्चालनमा आएको सो अस्पतालले आइतबारदेखि पोष्टमार्टम शुभारम्भ गरेको हो । सो सेवाको एक कार्यक्रमका बीच नगर प्रमुख रोमनाथ ओलीले शुभारम्भ गरे ।
उनले मेची अस्पतालबाहेक जिल्ला भित्र दमकको सरकारी अस्पतालले पोष्टमार्टम सेवा शुरु गरेपछि यस क्षेत्रका भवितव्य घटनामा मृत्यु भएका मानिसहरुको शव परिक्षण गर्न सहज पुग्ने बताएका थिए । उनले यससंगै अस्पताललाई थप सुधार ल्याउन छिट्टै आकस्मिक सेवा समेत विस्तार गरिने जोड दिए ।
पोष्टमार्टमसंगै अस्पतालले एक्सरे समेत सञ्चालनमा ल्याएको अस्पतालका निमित्त डाक्टर विपीन कुमार पाण्डेयले बताए । उनका अनुसार जिल्लाको माइपश्चिमबाट मात्र मासिक ३०÷४० जनाको शव अन्यत्र पोष्टमार्टम गृहबाट पोष्टमार्टम गरिदै आएका छन् ।
अस्पतालमा पोष्टमार्टम सञ्चालन गराउन नगरपालिकाले करिव १० लाख मूल्य खर्चिएर पोष्टमार्टम गृह निर्माण गरिएको जनाईएको छ । त्यस्तै अस्पतालमा शरणार्थी सहायतामा कार्यरत दातृ संस्था संयुक्त राष्ट्रसंघीय संस्था ( यूएनएचसीआर ) ले करिव रु ८२ लाख बराबरको एक्सेर सेवा सञ्चालनका लागि आवश्यकीय विभिन्न उपकरणहरु निशुल्क प्रदान गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष जीवन शिवाकोटीको अध्यक्षतामा भएको सो शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख गीता अधिकारी, दमक–१ का वडाध्यक्ष ताराप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here