शताक्षीधामको वार्षिक साधारण सभा सम्पन्न

0
195

शताक्षीधाम / पुर्वकै धार्मिक तथा पर्याटकीय विकास संस्था शताक्षीधामको वार्षिक साधारण सभा  शनिबार सम्पन्न भएको छ ।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थाकोतर्फबाट अध्यक्षद्धारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्षको प्रतिवेदनमा तत. शतेन नेत्रणां निरीक्षिष्यामि यन्मुनीम् कीर्तियिष्यन्ती मजुजा. शताक्षीमिति मां तत. यिनै वाकाङ्क्षका साथ प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

शताक्षीधामको इतिहास अत्यन्तै पुरानो भएपनि व्यवस्थित रुपमा सञ्चालन हुन भने तिसौको दशकदेखि सुरु भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । तत्कालिन शिवगञ्ज गाँउ पञ्चायतका उप–प्रधान पञ्च तथा धार्मिक व्यक्तित्व उपमणि प्रसाईको अध्यक्षतामा गठित समिति देखिका विवरणहरु प्रतिवेदनमा उल्लेख गरिएको छ । यतिबेला शतासीधाम मन्दिर परिसरको मुहार द्रुत गतिमा फेरिदै गएको छ ।

अध्यक्षको प्रतिवेदनमा धाम परिसरमा सतासीवटा धारा निर्माण गर्ने,सताक्षीधाम पदमार्ग निर्माणको कार्य सुरु गर्ने ,डिगम्वेश्वर मन्दिर उत्तरको खोल्साको व्यवस्थापन गर्ने , सताक्षी माताको विशाल विग्रहको निर्माण कार्य सुरु गर्ने लगायत रहेका छन् । त्यसैगरि दिगम्वेश्वर मन्दिरको सौन्दर्यकरण गर्ने शताक्षीधाम धर्मशाला ,नदी तटबन्धन ,शिवरात्रीको अवसर पारी शिव महापुराण्को आयोजना गरिने , नगरपालिकासँग सहकार्य गरि सताक्षी गुरु योजा तयार गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिद्धारा शताक्षीधाम क्षेत्र व्यवस्थापनका लागि अक्षय कोष सञ्चालन सम्बन्धि कार्य विधि २०८० समेत साधारण सभामा प्रस्तुत गरिएको थियो । अक्षय कोषका लागि आजिवन सदस्यबाट प्राप्त रकमको नियून्तम २५ % तथा अक्षय कोष रसिदबाट प्राप्त सम्पूर्ण रकम साथै गाँउपालिका ,नगरपालिका ,उप–महानगरपालिका ,महानगरपालिका ,प्रदेश सरकार तथा संघिय सरकारबाट विकासका लागि विनियोजन हुने रकमको अवस्था हेरि समितिको निर्णय अनुसार अक्षय कोषमा राखिने बताइएको छ । धाम परिसरमा लाग्दै आएका मेला तथा पर्वहरुबाट प्राप्त रकमहरुको ५ % उक्त कोषमा राखिने जनाइएको छ । अक्षय कोषका लागि एक सञ्चालन समिति समेत गठन गरिएको छ । जसको अध्यक्षमा उदय प्रकाश राई सचिवमा गणेश भेट्वाल,सदस्यमा योगनिधि बास्तोला रहेका छन् ।

कार्यक्रममा पूर्व सांसद तथा मन्दिरका पूर्व अध्यक्षहरु तारासम यङ्या ,प्रसाद सुब्बा ,पशुपति एकाडेमीका प्रधानाध्यापक चन्द्रप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको कार्यक्रममा लेखा परिक्षण प्रतिवेदन समितिका कोषाध्यक्ष मदन मोहन अधिकारीले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा आव २०७९÷०८० असार मसान्तको वास्लत अनुसार ५२ लाख २६ हजार ४ सय ७९ रुपैँया ३६ पैसाको विवरण प्रस्तुत गरिएको थियो । सभाको सभापतित्व समितिका अध्यक्ष तुलाराम बोखिमको रहेको थियो । उपाध्यक्ष उदयाप्रकाश राई स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव कालीप्रसाद रिजालले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here