दमकमा प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिता हुने

0
210

दमक/ झापाको दमकमा पहिलो पटक कोशी प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिता हुने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद र अनुशासनको नारालाई आत्मसाथ गर्दै यही असोज १३ र २० गते दुई दिन सम्म हुने भएको हो । प्रतियोगिता दमकको विस्ट फुटसल मैदानमा हुने छ ।

दमकको सीटिसि फिजियोथेरापी , विस्ट फैक्टी र रोपाना वेल्नेस सेन्टरको संयुक्त आयोजनामा हुने फुटसल प्रतियोगिताका बिषयमा आयोजक समितिले शनिवार दमकको ग्यारेज क्याफेको सभाकक्षमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

आयोजकले पत्रकारहरुमाझ सो प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरेको छ । आयोजक समितिका अध्यक्ष विनोद भटटराईका अनुसार प्रतियोगितामा कोशी प्रदेश अन्तर्गत झापा, मोरङ्ग, सुनसरी र इलाम जिल्लाका १२ वटा हस्पिटलले सहभागिता जनाउनेछन् । पहिलो खेल कोशी अस्पताल विराटनगर र निम्स नेशनल हस्पिटलबीच हुने जनाइएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँको राशीको नगद पुरस्कारसहित टफी र शिल्ड प्राप्त गर्नेछन । त्यस्तै २ वटा सान्तवना टिमले नगद ५ हजारका दरले पुरस्कार पाउनेछन् ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारी तथा अस्पताल व्यवस्थापन र सञ्चालकहरुले समेत प्रतियोगितामा खेलाडीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतियोगिता अन्तर्गत पहिलो दिन क्वार्टर फाइनलसम्मका खेल हुनेछन् भने असोज २० गते सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको र प्रथम पुरस्कारको व्यवस्था जिके प्रिन्ट दमकले र द्धितीय पुरस्कार सौर्य दमक अस्पतालले सौजन्य गरेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा विस्ट फैक्टीका सञ्चालक मध्येका विपिन सुवेदीको प्रमुख आतिथ्य रहेको थियो भने स्वागत बिकास घिमिरेले गरेका थिए भने सञ्चालन बालचन्द्र कार्कीले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here