श्रीकृष्ण जन्मअष्टमीको अवसर दमकमा रथ यात्राहुने

0
197

दमक । श्रीकृष्ण जन्मअष्टमीको अवसर पारेर झापाको दमकमा भदौ ४ गते श्रीकृष्ण रथ यात्रा निकालिने भएको छ । रथ यात्रा मूल आयोजक समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको कृष्ण जन्माष्टमीमा रथ निकालिने जानकारी गराएकोे हो ।

दमक नगरपालिकाको संरक्षकत्वमा ४० हजार को लागतमा सजाइएको १८ फुट अग्लो रथ यात्रा दमकका विभिन्न सामाजिक संस्थाको सहयोगमा गरिने मूल आयोजक समितिका अध्यक्ष रोहित आचार्यले बताए । उनेल रथयात्रा हुने भदौ ४ गते शनिवार दिनको ठिक २:०० बजे सुरु हुने रथयात्राको रूट राधाकृष्ण मन्दिर दमक-७ बाट सुरु भई, हनुमान मन्दिर, पशुहाट, महेन्द्र राजमार्ग हुँदै दमक चौकलाई परिक्रमा गरी फर्निचर लाईन, पशुपति मन्दिर, शंखधरचोक, आइ एम. ओ. रोड, भृकुटी चोक, रातो पुल हुँदै, भानुभक्त चोक, फाल्गुनन्द चौक, दमक न.पा., हुँदै राधाकृष्ण मन्दिरमा सम्पन्न हुने कार्यक्रम रहेको बताए।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्षको रथ यात्रा निकै सभ्य भव्य हुने पनि र प्रचार प्रसार संयोजक गिरिराज भट्टराईले जानकारी दिए

प्रचार प्रसार संयोजक गिरिराज भट्टराई को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक प्रेम भट्टराई कोषाध्यक्ष काशी खाती, सहसचिव रामकृष्ण अधिकारी, समितिका सदस्य सीमा अग्रवाल, सीताराम खतिवडा, राम विष्ट, लायन्स कर्मी किरण थापा, दिवस राई लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here