मेची सहकारीकाे नाफा १२ करोड

0
124

दमक / कोरोना महामारीका कारण बजारमा उत्पन्न असहज परिस्थिति, मुलुकमा रहेको आर्थिक तरलताका कारण व्यवसायिक कारोबारमा आएको कमिका बाबजुद दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले  संस्थाले गत आर्थिक बर्ष २०७८/०७९ मा लिइएका सबै लक्ष्य पुरा गर्न सफल भएको छ ।

संस्थामा गत असार मसान्त सम्ममा रहेका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा समेत १ करोड ४७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा १४ करोड ७७ लाख ७३ हजार रुपैयाँ जम्मा भएको सहकारीका अध्यक्ष नारायण प्रसादा भट्टराईले जानकारी दिए ।

संस्थाले गत आर्थिक बर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको संस्थाको २८ औं बार्षिक साधारण सभाको सन्मुखमा आज आयोजित पत्रकारहरुसंगको अन्तरक्रियामा जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक बर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९/८० लाई बचत बर्षका रुपमा मनाउने योजना अध्यक्ष भट्टराईले सार्वजनिक गरका छन् ।

संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष भटटराईले संस्थाले अहिले प्रदेश एकका विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत आफना सदस्यहरुसंगको कारोबारलाई निरन्तरता दिइरहेको र छिटटै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । त्यस्तै संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको आगामी बार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सार सहित संस्थाले लिएको नीति कार्यन्वयनको पक्षका बारेमा प्रस्ट पारेका थिए ।  सस्थाले अाफ्ना सदस्य लाइ सुबिधा लाइ ध्यानमा राखेर दिदै अाएकाे सुबिधा लाइ थप गर्दै बिभिन्न याेजना समेत अघि सारेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here