लियो क्लब अफ दमक युनाइटेडको पद हस्तान्तरण

0
240

दमक / लियो क्लब अफ दमक युनाइटेडको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

 

क्लबका निवर्तमान अध्यक्ष निलम दाहाल को अनुपस्थितिमा प्रथम उपाध्यक्ष सन्दिप बरालले बर्ष २२/२३ का लागि अध्यक्ष पुजा न्यौपाने लाई पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम जोन चियर पर्सन साजन श्रेष्ठ, रिजन चियर पर्सन सन्दिप बस्नेत, लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष विवेक श्रेष्ठ, लियो एरिया चियर पर्सन सञ्जय जंग थापा सहभागी भएका थिए ।

कार्यक्रममा जोन चियर पर्सन साजन श्रेष्ठले आफ्नो मातहतमा रहेको लियो क्लबले मूल क्लबले गरेको पराेपकारी कार्यमा लियो क्लब उल्लेखनीय याेगदान गरेको बताए ।

 क्लबको नव निर्वाचित समितिको प्रथम उपाध्यक्ष ओम प्रकाश गौतम, दितिय उपाध्यक्ष कुस्ना बस्नेत, तृतीय उपाध्यक्ष सपना पराजुली, सचिव संखर खतिवडा, सहसचिव आशिष गौतम, कोषाध्यक्ष ऋतिका देवकोटा, सह कोषाध्क्ष  आशिस गौतम  र  मार्केटिङ कम्युनिकेसन चियर पर्सन रुबेश कार्की चुनिएका छन् ।

पद हस्तन्तरण कार्यक्रममा लियो क्लबका सदस्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here