दमकमा तिन दिने कौसी खेती तालिम सुरु

0
188

दमक  / दमक नगरपालीकामा आज बाट तिन दिने कौसी खेती तालिम सुरु भएको छ । नरपालीकाको कौसी खेती तथा हरियाली प्रबद्र्धन कार्यक्रम अन्तर्गत नगरका बिभिन्न टोलका सहभागीहरुलाई तालिम दिन थलिएको हो ।

 

नगरपालीकाको वातावरण समिति सम्योजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा वक्ताहरुले सानो ठाउँमै पनि मेहनत गरेर खेती गरे बजारमा तरकारी किन्न नपर्ने बताएका छन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राम थापाले अहिले शहरी क्षेत्रमा जग्गा थोरै हुने भए पनि व्यवस्थित तरिकाले कौसीमै खेती गर्दा पनि एउटा परिवारको लागी मनग्य तरकारी उत्पादन गर्न सकिने बताए ।

कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले कौसी खेतीमा थोरै मेहनत गर्दा खर्च पनि कम हुने र आफैले उत्पादन गरेको तरकारी बिषादि रहित हुने भएकोले स्वास्थ्यलाई पनि फाईदा पुग्ने बताइन् । घरमै उत्पादन हुने फोहरलाई पनि मलको रुपमा प्रयोग गर्न सकिने भएकोले कौसी खेतीले वातावरण समेत स्वच्छ बन्ने बताइन् ।

तालिममा रामकुमार राईलेसहजिकरण गरिरहेको र सहभागीलाई घरमै उत्पाद भएको फोहरबाट मल बनाउने र बिषादि तयार गर्ने उपकरणहरु पनि प्रदान गरिने नगरपालीकाको वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here