दमकका बिभिन्न क्षेत्र डुवानमा, सांसद लिम्बु र उप प्रमुख भट्टराई द्वारा अनुगमन ( भिडियाे सहित )

0
150

दमक /  अबिरल बर्षाका कारण रतुवा, मावा, दिपिनी लगायतका खोलामा आएको बाढिले दमकको धेरै भाग जलमग्न भएको छ ।

खोला तथा खोल्सीमा पानीको सतह बढ्दा दमकका १० वटै वडामा डुबानको समस्या बढेको छ । पानीका कारण भएको क्षतिको आज संघिय सांसद महेन्द्रा कुमारी लिम्बु र दमक नगर उप प्रमुख रेगिना भट्टराईले अनुगमन गरेका छन् ।

रतुवा खोलामा आएको बढिले दमक वडा नम्बर १, ७, ८ र १० का केहि भागमा कटान गरेको छ । रतुवा खोलामा आएको बाढिले दमक ७ स्थित उद्योग बाणिज्य संघको कार्यालय पुर्व पट्टि कटान गर्दा खोलो बस्तीमा पस्ने जोखिममा परे पछि रतुवाको कटान रोक्न ससस्त्र प्रहरीको टोली र नगर प्रहरी परिचालन गरेर बोरामा बालुवा हाली तत्काललाई रोकथामको गरिएको नगर उप प्रमुख भट्टराईले जानकारी दिइन्।

अहिले पनि निरन्तर बर्षा भईरहेकाले कटान नियन्त्रणमा समस्या भएको भन्दै हाललाई रोकथाम मात्रै गर्न सकिने उप प्रमुख भट्टराईले जानकारी दिइन् । रतुवा खोलाले कटान गर्दा वडा नम्बर २ को पुर्व पट्टिको क्षेत्र जोखिममा परेको छ ।

कटानका कारण शहिद बन बाटीका पुर्व पट्टि रहेको झोलुङ्गे पुल नजिकैको खोलाधार क्षेत्रमा जोखिम देखिएको नगर उप प्रमुख भट्टराईले जानकारी दिइन् ।  उक्त क्षेत्रको दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटा सहितको टोलिले अनुगमन गरेको छ ।

बर्षा भैरहेकोले जोखिम बझ बढ्न सक्ने भएकाले स्थानियको जिउ धन जोगाउनु नगरपालीकाको दायित्व रहेको भन्दै उनले बस्तीनै जोखिमका परे सबै सम्यन्त्र परिचालन गरीने बताइन् ।


 


फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here