उर्जाशिल महिला बचत समुहकाे साधारण सभा सम्पन्न

0
138

दमक /  उर्जाशिल महिला बचत समुहकाे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

दमक  २ मा रहेकाे  बचत समुहकाे पहिलाेवार्षिक उत्सवकाे अवसरमा बालमैत्री नगरपालिका सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम  समेत सम्पन्न भएको छ । वडा नम्बर २ स्थित उर्जाशिल महिला वचत समुहमा आबद्ध सदस्यहरुलाई अभिमुखिकरण गरिएको हो ।

 

दमक नगर उप प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालमैत्री अभियन्ता सुमन ढकालले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा बाल अधिकार, बाल मैत्री वातावरण, बालबालीकाहरु संग गर्नु पर्ने ब्यबहार लगायतका बिषयमा जानकारी गराईएको थियो । सस्थकाे वार्षिक प्रतिवेदन संस्थकी सचिव कल्पना थापाले प्रस्तुत गरेकि थिइन् ।

उर्जाशिल महिला वचत समुहकी अध्यक्ष मदन कुमारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष प्रजापती सापकोटा, महिला वडा सदस्य चन्द्रकला विश्वकर्मा,कृष्ण माया थापा, वडा सदस्य ललित विश्वकर्मा  दमक नगरपालीका महिला तथा बालबालीका शाखा प्रमुख सरिता भण्डारी, दमक २ का वडा सचिव बालकृष्ण काेइराला लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन सुभेक्षा अधिकारीले गरेकी थिएन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here