शिवसताक्षीमा लागुऔषध न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रम

0
188

डुडामारी । ३५औ अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धमा लागुऔषध सम्बन्धि सामुदायीक अभिमुखिकरण कार्यक्रम शिवसताक्षीको डुडामारीमा गरिएको छ ।

डुडामारी स्थित नयाँ गोरेटो प्रतिस्ठान नेपाल र शिवसताक्षी रिकभरी ग्रुपको आयोजना तथा इलाका प्रहरी कार्यलय झिलझिलेको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । समाजमा ब्यप्त लागुऔषधको दुब्र्यशनीको प्रयोगकर्ता बृद्धिले गर्दा परिवारले आर्थिक तथा मानसिक तनाब भोग्नु परिरहेको अवस्था दिनानु दिन बड्ने क्रमले गर्दा समयमा नै सचेत गराउन उक्त कार्यक्रमको आयोजना गरिएको नयाँ गोरेटो प्रतिस्ठान नेपालका अध्यक्ष धनबहादुर चेम्जोङले बताए ।

सुखी नेपाली समृद्ध नेपालको सपान ,लागुऔषध मुक्त समाजको परिकल्पना भन्ने मुल नारा सहित आयोजित कार्यक्रमको उद्याटन नगर उपप्रमुख नरमाया कार्कीले गरिन । उनले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शिवसतक्षी नगर पनि लागुऔषधको अखडाको रुपमा बिकाश भइरहेकोले यसको न्युनिकरण गर्नको लागी बिभिन्न सचेतना मुलक कार्यक्रम गरि युवाहरुलाई जागरुक गराउन आवश्यक रहेको बताइन । यसका लागी नगरले अवश्यक बजेटको प्रबन्ध गरि सहयोग गर्ने आश्वसन समेत दिइन । लागुऔषध प्रयोगकर्ता पनि एक प्रकारको रोग भएकोले यसको पनि उपचार सम्भब रहेको बताइएको छ । साथी भाइको लै लै र पारिवारको कारणले गर्दा धेरै युवायुवती लगाुऔषधको दलदलमा फस्ने गरेको पाइन्छ । यस्ता रोगीहरुलाई परिवार बाट तिरस्कार हैन माया र सदभाबको खाँचो रहेकोले उपचार सम्भब हुने प्रतिस्ठानका अध्यक्ष चेम्जोङले जानकारी दिए ।

त्यस्तै कार्यक्रमका अतिथि चेतना नेपालका अध्यक्ष तथा प्रशिक्षक इन्द्र प्रसाद ओलीले लागुऔषध सम्बन्धि हरेक स्थानीयतहले बिद्यालय स्तर देखि नै अध्यापन गराउनु पर्ने बताए । उनले भने यदि बालबालीका तथा युवा युवती हरुलाई बेलैमा सचेत गराउन सकेनौ भने केहि बर्ष पछि स्थानीय तहको ठुलो बजेट लागुऔषध प्रयोगकर्ताहरुलाई सुधार्नमा नै खर्चहुने अवगत गराए ।

त्यस्तै कार्यक्रमका अतिथि तथा इप्रका झिलझिलेका प्रमुख महेन्द्र खड्काले लागु औषधका कारोबारीहरुको निगरानी गरिरहेको बताए ।उनले भने पैसाको प्रलोबनमा परेर र अरुको लै लैमा लगेर नै यस्ता प्रतिबन्धीत पदार्थहरुको कारोबारी बडेको बताए । यस तर्फ प्रहरी सधै चनाखो रहेको समेत बताए । त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि तथा पुर्ब नगर प्रमुख चन्द्रकुमार शेर्मा , पुर्ब उपप्रमुख भोजकुमारी नेपाल ,वडा नम्बर ८का अध्यक्ष सन्तकुमार फेवदिनले आफ्ना बालबालीका हरु कुलतमा फस्न परिवार जिम्मेवार रहेकोले बेलैमा सोच्न आग्रह गरे । उनिहरुले भने आफ्ना छोरा छोरीहरुको क्रियकलाप निगरानी सधै गुर्न आवश्यक रहेको समेत बताउदै समाजमा चेतनाको बिकाश गर्न समेत सुझए । शिबवताक्षी रिकभरी ग्रुपका बिक्रम लिम्बुले संचालन गरेको कार्यक्रमका संचालन नयाँ गरेटो प्रतिस्ठानका इन्चार्ज बालङ लिम्बुले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here