लायन्स ट्राफिक आईल्याण्ड जिर्णोद्धार संगै लायन्स चाैक नामाकरण

0
192

दमक / झापाको दमक ५ र ६ काे सिमाना नयाँ शब्जि बजार नजिक दमक बेलडाँगी सडकमा लायन्स क्लव अफ झापा दमकको संयोजनमा दमकका सम्पूर्ण क्लवहरुको आयोजनामा ट्राफिक आईल्याण्डको जिर्णोद्धार सहित उक्त ठाँउको नाम लायन्स चाैक राखिएको छ ।

लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्कीले यसको उद्घाटन सहित दमकमा लायन्सको पहिचानका लागि उक्त क्षेत्रको नाम लायन्स चाैक राखिएको प्रति आभार प्रकट गरे ।

दमकका लायन्स लिडर अजयकुमार अग्रवालले लायन्स क्लवले केहि बर्ष अघि राखेको ट्राफिक आईल्याण्ड जिर्ण बनेकाले यसको जिर्णोद्धार गरिएको बताए । सबैले लायन्स चोक भन्न थालेकाले र यस ठाँउको नामकरण नै नभएकाले सबैले चिन्न सक्ने गरी लायन्स चाैकक नामकरण गरिएको जनाए ।

लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले लायन्स क्लवहरुले दुर्घटना न्यूनिकरण लगायत समाजमा रहेका समस्या र अप्ठेरोमा सधै साथमा रहेको जनाए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here