सुस्त श्रवण भएका व्यक्तिलाई दमक नगरपालिकाले दियो सुस्त श्रवण शक्ति यन्त्र

0
164

दमक / दमक नगरपालीकाले सुस्त श्रवण भएका व्यक्तिहरुलाई सुस्त श्रवण शक्ति यन्त्र वितरण गरेको छ ।

 

प्रदेश सांसद अर्जुन राईको सांसद विकास कोषको रकमबाट नगरपालीकाको सहयोगमा नगर भित्रका १३ जना सुस्त श्रवण भएकाहरुलाई उक्त श्रवण शक्ति यन्त्र उपलब्ध गराईएको हो ।

आज दमक नगरपालीकाका एक औपचारीक कार्यक्रम गरि नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकिय अधिकृत शशि राईले उक्त श्रवण शक्ति यन्त्र वितरण गरिएको नगरपालीकाको महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिईन् ।

सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा. बिनय कुमार शाहले श्रवण परिक्षण गरी उक्त सामाग्रिहरु उपलब्ध गराईएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here