दमक / झापा दमक ९ की जयमिला दाहाल उपचारकाे लागि सहयाेग गर्न परिवारले अनुराेध गरेकाे छ ।
हाल धरानकाे घाेपामा उपचार गराइ रहेकी दाहाल केही समय अघि देखि मेरुदण्डकाे समस्या भाेग्दै आएकी थिइन् । ज्याला मजदुरी गरेर गुजारा गर्दै आएकाे दाहाल परीवार दमक ९ मा भाडामा बस्दै आएका थिए । आर्थिक अवस्था निकै कमजाेर भएकै कारण दमक नगरपालिकाकी उपमेयर गिता अधिकारीकाे पहलमा दाहाल मेरुदण्डको शल्लेकृया सफल त भयाे तर उपचारमा प्रयाेग भएकाे औषधी तथा शल्लेकृयामा प्रयाेग भएकाे स्टिलकाे बिल तिर्न नसक्दा उपचार पाएर पनि नपाएकाे जस्ताे भएकाे बिमारीका श्रीमान नबिन दाहाल बताउछन् ।
उक्त कुरा नजिक बाट नियाली रहेकी दमक अस्पतालकी प्रवस्ता देबि दंगाल र राेटरी क्लब अफ दमकका अध्यक्ष भरत चम्लगाई काे पहलमा केही ब्यक्तिहरू र लायन्स क्लब अफ झापा, राेटरी क्लब अफ दमककाे सहयाेगमा केही रकम जुटे पनि त्याे पर्याप्त नभएकाे बिरामिकाे उपचारमा सहयाेग जुटाइ रहेका राेटरी क्लब अफ दमकका अध्यक्ष भरत चम्लगाईले बताए । उनले भने हामिले करिब एकलाख रकम उठाएर पठाएका छाै । दमक नगरपालिकाले पनि केही सहयाेग गर्ने आस्वासन दिएकाे छ तर त्याे पनि बिरामीकाे उपचारकाे लागि पर्याप्त छैन त्यही भएर हामिले थप सहयाेगकाे लागि अपिल गरेका छाै ।
इच्छुक सहयाेगी दाताहरुको लागी सम्पर्क ब्यक्तिहरु
देबि दङ्गाल दमक अस्पताल प्रबक्ता
फोन न 9852058577
भारत चम्लागांइ रोटरी क्लब दमक अध्यक्ष
फोन 9852675350