राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
116

दमक / राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिबार शिवगञ्जमा एक कार्यक्रमबीच सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

राष्ट्रिय युवा संघ नेपाल नगर अध्यक्ष फुर्वा लामाको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कार्यालय सदस्य तथा संगठन विभाग प्रमुख क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कार्यालय सदस्य थेवेले इमान्दारिता र जनताले विश्वास गर्ने पार्टी नेकपा एमाले रहेको बताए छल,कपट र झुटको खेति गरेर जनतालाई भ्रममा राखिएकाले अब चाँडैनै आफ्नो पार्टी खोज्दै जनता एमालेमा आउने बताए । पार्टीलाई अगाडि बढाउनको लागी अहिलेको युवाको अत्यन्त ठूलो भुमिका रहेकाले युवाशक्तिलाई क्रियाशील भएर लाग्नको लागी अनुरोध गर्दै अबको निर्वाचनबाट नेकपा एमाले दुई तिहाई बहुमतको साथ बिजयी हुने बताए।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य राधाकृष्ण खनालले आफ्नो अधिकार पाउन पनि एमालेलाई जिताउनु पर्ने बताए । त्यस्तै एमाले झापाका अध्यक्ष दिपक कार्कीले आउदो स्थानीय तहको निर्वाचनमा एमालेले सबै पालिका जित्ने दावी गरे। कार्यक्रममा शिवसताक्षी नगरपालिका प्रमुख चन्द्र कुमार शेर्मा, राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य निशा लिम्बू ,जिल्ला सदस्य सन्तोष पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उल्लेखनिय मात्रामा युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नगर सचिब लक्छुमण अधिकारी ले सञ्चालन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here