दलित महिलाहरुको लागि जिविकोपार्जनमा सहयोग गर्दै दमक ९

0
166

 

दमक / दमक ९ वडा समितिले बंगुरका पाठा वितरण गरेको छ । वडाका विपन्न दलित परिवारको आयआर्जनका लागि विउपुजिका रूपमा बंगुरका पाठा वितरण गरिएको हो ।

बुधबार वडा कार्यालयमा आयोजीत एक कार्यक्रममा दमक ९ का वडा अध्यक्षले राम बहादुर धिमालले विपन्न दलित महिला परिवारलाई बंगुरका पाठा हस्तान्तरण गरेका छन् । सो अवसरमा प्रमुख अतिथि दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले दलित तथा विपन्न परिवारको आर्थिक स्तर उकास्न वडाले नीति कार्यक्रम तथा बजेटमा समेत प्राथमिकता दिएको बताइन् । उनले लक्षित वर्गमा वडा तथा नगरको तर्फ बाट विभिन्न कार्यक्रम गरिरहेको समेत बताइन् ।

वडा नं ९ का अध्यक्ष राम बहादुर धिमालका अनुसार वडाको ‘विपन्न दलित महिलालाई बिउपुजी शीर्षक ‘ कार्यक्रम अनुसार २५ विपन्न दलित महिला परिवारलाई बंगुरका पाठा प्रदान गरिएको हो ।

कार्यक्रममा दलित महिला सदस्य मिना बिश्वकर्माले बंगुरका पाठाले विपन्न महिलाहरुको लागि जिविको पार्जनको लागि आम्दानीवृद्धीमा सहयोग पुग्ने आशा व्यक्त गरेको बताइन् । उनले विपन्न महिलाहरुको लागि वडाले सिलाई कटाई लगायत विभिन्न कार्यक्रम गरिरहेको समेत जानकारी दिइन् ।

सोही अवसरमा नगरपालिकाका पशु प्राविधिक विपु खड्काले पशुपालन गर्दा ध्यान दिनु पर्ने कुरा बीमा, दानापानी,खोरको व्यावस्थापन लगायतको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडा सदस्य समिन रिजाल, नरेश सुनवार कार्यालय सचिव लक्ष्मी दुलाल तथा स्थानीय बासीको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here