बैशाख १ गते दमकमा नेपथ्यले सांगितिक कार्यक्रम गर्ने

0
371

दमक / नया बर्ष २०७९ बैसाख १ गते ध्रुब तारा स्पोर्टिङ क्लब दमकको आयोजनामा कार्यक्रम हुन लागेको छ ।

कार्यक्रम दमक ९ स्थित सरास्वती माबिको मैदानमा हुने क्लबले आज दमकमा पत्रकार सम्मेलन गरि क्लबका सचिब हिरामणि खडकाले बताए ।  क्लबले स्थापनाकाल बाटनै विभिन्न गतिबिधिहरु गर्दै आईरहेको र यस बर्ष  नया बर्षको अवसर पारेर आगामी बैशाख १ गते क्लबलाई आर्थिक सहयोग जुताउने उद्धेश्य सहित कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष मोहन मगरले बताए ।

लाईभ कन्सर्टको प्रवेश शुल्क सबैकालागि समान १ हजार रुपैँया रहेको पनि पत्रकार सम्मेलनमा जनाइएको छ । यसको पहिलो टिकट धु्रवतारा स्पोर्टिङ क्लवका सस्थापक अध्यक्ष भीमराज चौलागाईले खरिद गरेर सुभारम्भ गरेका छन् । टिकट दमको मुख्य मुख्य चोक तथा क्लवको कार्यालयमा पनि उपलब्ध हुने जनाइएको छ ।

कार्यक्रममा करिब ६० लाख रुपैया खर्छ हुने अनुमान गरिएको अायाेजकले जनाएको छ । कार्यक्रममा नेपाल टच अस्ट्रेलियाको सहयोग रहने नेपाल संयोजक राजकिशोर गोस्वामीले जानकारी दिए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here