किसानलाई मकै रोप्ने आधुनिक मेसिन प्रदान गर्दै दमक वडा नम्बर २

0
201

दमक/ दमकको २ नम्बर वडा कार्यालयले वडाका किसानहरुलाई सहजताका लागि मकै रोप्ने आधुनिक मेसिन प्रदान गरेको छ । वडाका ४१ वटा टोल बिकास संस्थाहरुमा एक/एक थानका दरले प्रदान गरिएका ति मेसिन मंगलबार औपचारिक कार्यक्रमबीच टोल बिकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष प्रजापती सापकोटाले दमक नगर टोल बिकास समन्वय समिति सचिव समेत रहेका नारायण घिमिरेलाई मेसिन हस्तान्तरण गरेर सोको शुभारम्भ गरेका थिए । सो अवसरमा कार्यपालिका सदस्य भक्तादेवी दाहाल, वडा सदस्यहरु टंक गौतम, राजु धिमाल, चन्द्रकला विश्वकर्मा लगायतले टोलका प्रतिनिधिहरुलाइ ति औजार हस्तान्तरण गरे ।

वडा सचिब बालकृष्ण कोइरालाका अनुसार वडाको सिलिङ्ग बजेट अन्तर्गत कृषिको आधुनिकीकरणमा सहयोग पुर्याउन दुइ लाख रुपियाको लागतमा ति मेसिन खरिद गरिएको जानकारी दिए । वडादक्ष्य सापकोटाले स्थानीय सरकार सबै वडाबासिको आवश्यकता र माग बमोजिमका कार्यक्रम लिएर अघि बढिरहेको बताए । उनले आफ्नो कार्यकालमा वडामा गरिएका महत्वपुर्ण काम कार्यक्रमहरुका बारेमा पनि जानकारी गराएका थिए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here