प्रथम दमक मेयर कप राष्ट्रिय कराँते प्रतियोगिता शुरु

0
151

दमक/दमकमा आज ( शुक्रबार)देखि प्रथम मेयर कप राष्ट्रिय कराँते प्रतियोगिता शुरु भएको छ । दमक ७ स्थित सिद्धार्थ बोर्डिङ स्कूल परिसरमा शुरु भएको प्रतियोगिताको उदघाटन दमक नगर प्रमुख रोमनाथ ओलीले गरेका छन ।

देशभरका विभिन्न तौल समुहका कूल २३० जना खेलाडीले प्रतियोगितामा भाग लिएका प्रतियोगिता संयोजन गरेको दमक नगर कराँते खेल बिकास समितिका अध्यक्ष विमल खतिवडाले जानकारी दिए । सो प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुनेछ ।

दमक नगर खेलकुद बिकास समितिको आयोजना र दमक नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भइरहेको सो प्रतियोगिताको उदघाटन कार्यक्रम नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज चौलागाइँको अध्यक्षतामा भएको थियो । सो अवसरमा दमक नगर उपप्रमुख गीता अधिकारी, नेकपा एमालेका प्रदेश कमिटी सदस्य इन्द्र भण्डारी लगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरु, दमक नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत सहभागी थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here