दमकको एड्भान्स अस्पतालमा स्पाईन (मेरुदण्ड) केयर युनिट सञ्चालन

0
198

झापा / दमक वडा नम्बर ७ मा रहेको एड्भान्स अस्पतालले स्पाईन( मेरुदण्ड) केयर युनिट सञ्चालमा ल्याएको छ । अस्पतालमा आज औपचारीक कार्यक्रमका विच उक्त केयर युनिट सञ्चालनमा आएको हो ।

मेरुदण्ड रोग बिषेसज्ञ प्राध्यापक डाक्टर गौरबराज ढकालको प्रत्यक्ष निगरानीमा रहने गरि एड्भान्समा उक्त केयर युनिट सुरु गरिएको छ ।

एड्भान्स अस्पताल सञ्चालक समिति सदस्य दिपक खरेलको अध्यक्षता र दमक नगरपालीका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईको बिषेस उपस्थितिमा उक्त केयर युनिटको सुरुवात गरिएको हो । मेरुदण्ड रोग बिषेसज्ञ डा. ढकाल संगको समन्वयमा स्पाईन सम्बन्धि समस्या भएका बिरामीको उपचार गरिने व्यवस्था मिलाईएको एड्भान्स अस्पतालका हाडजोर्नि तथा नशा रोग बिषेसज्ञ डा. अनुप पोखरेलले बताए ।

डा. अनुप पोखरेल

अब ढाड, कम्मर, गर्धन दुख्ने तथा ढाडको नशा च्यापिएका बिरामीले अन्यत्र धाउनु पर्ने समस्या दमक मा नै समाधान हुने  अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. बिकाश सुवेदीले जानकारी दिए ।

तत्काल केयर युनिट सञ्चालन गरिएको भए पनि केहि समय भित्रमै एड्भान्स अस्पतालमा स्पाईनको सबै उपचार गर्ने तयारी भैरहेको अस्पतालका अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए । उक्त कार्यक्रममा अस्पतालका सञ्चालक,चिकित्सक, कर्मचारी दमकका व्यावसायी लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here