झापामा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, अचम्मको चोर्ने शैली

0
216

झापा , झापामा मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मोटरसाइकल चोरीमा संलग्न गिरोहका ७ जनालाई पक्राउ गर्न सफल प्रहरीले बिहीवार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

झापा जिल्ला अन्तर्गत बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीको घटना अत्यधिक बढेको र सवारी धनीहरुले जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा मोटरसाइकल चोरी भएको भनी लिखित निबेदन दिएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो ।

त्यसक्रममा चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निगरानी गर्दै जाँदा भद्रपुर नगरपालिका वडा नं.७ बस्ने २१ वर्षिय प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाईकल चोरी गरी बिक्री वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पिछा गरिरहेको अवस्थामा फागुन २३ गते दिउँसो ३ ः१५ बजे बिर्तामोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ गरिराखेको लु.८३ प. ३५५४ नंको पल्सर मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । सोधपुछ गर्दा उनले बिभिन्न मिति र स्थानबाट जम्मा ७ वटा मोटरसाईकल चोरी गरेको बयान दिएका थिए ।

सोही गिरोहमा संलग्न भद्रपुर ७ का २४ वर्षिय प्रकाश दर्जी , २१ वर्षिय दिपक उराउ , २२ वर्षिय दिपेश राजवंशी, भद्रपुर १ बस्ने ३० वर्षिय बिर्ख लिम्बू, भारत किसनगंज बिरखोर घर भई भद्रपुर ६ मा समिम ग्यारेज संचालन गर्दै आएका १९ वर्षिय मोहम्मद समिम समेत पक्राउ परेका छन् । सहनी , दर्जी , उराउ र राजवंशीले बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने ठाउँसम्म पुर्याउने गरेको , चोरी गरी ल्याएको मोटरसाइकलको पाटपुर्जा,नम्बर प्लेट परिवर्तन गरी अन्य ब्यक्तिलाई मूल्य निर्धारण गरी बिक्री वितरण गर्ने काममा समिम र लिम्बूले सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ । सहनी पक्राउ परेकै दिन उनका साथीहरुलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

प्रहरीले चोरी भएका ७ वटा मोटरसाइकल बरामद गरेको छ । लु. ८३ प. ३५३४, प्र.२–०३–०१४ प. ७२७५, प्र.१–१–०१–०१३प.८९७७ , मे.९प.१४१५, मे.१२प. १४१८, बा ९३ प ४८१६ र प्रदेश १–०१–०१४ प २४२५ न.को मोटरसाइकल बरामद भएको डिएसपी पाठकले जानकारी दिए । चोरीमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई झापा जिल्ला अदालतबाट मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी कसुरमा मिति बुधवार ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी पाठकले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here