शिवरात्रि तथा सेना दिवसको अवसरमा ‘रन फर फन’ ( फोटो फिचर )

0
237

तोपगाछी / झापा तोपगाछीमा रहेको नेपाली सेनाको २१ न. बहिनी अड्डाले रन फर फन २०७८ सम्पन्न गरेको छ ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा झापा तोपगाछी स्थित नेपाली सेनाको २१ न. बहिनी अड्डाले आयोजना गरेको रन फर फन कार्यक्रममा विद्यार्थी, सेनाका जवान सहित २५० बढीको सहभागिता रहेको थियो ।

सहायक रथी वाहिनी पति कृष्ण प्रसाद भण्डारीको उपस्थितिमा भएको दौडमा विद्यार्थीहरुकालागि प्रतियोगितात्मक रन समेत भएको थियो । ६.५ किलोमीटर मध्ये ३ किलोमीटर दौड भएको थियो जसमा पुरुष तर्फ शहीद धर्मभक्त माविका बुद्ध राई प्रथम, सर्जुल कार्की दृतिय र सनम मगर तृतीय भएका छ्न् उनीहरूले क्रमशः ९ : ४०,९:५८ र १०:१० मिनेटमा उक्त दूरी पार गरेका थिए ।

त्यसै गरि महिला तर्फ धर्मभक्त माविकी सुष्मा थुलुङ प्रथम, जनता मावि चुलाचुलीकी कञ्चन राई दृतिय र जमाविकै अस्मिता राई तृतीय भएका छन् । उनीहरूले क्रमश १२:१०,१२:४० र १४:५३ मा निर्धारित दूरी पर गरेका थिए । विजेताहरुलाई सहायक रथी वाहिनी पति कृष्ण प्रसाद भण्डारीले क्रमशः ३ हजार,२ हजार र १ हजार नगद पुरस्कार राशि सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा दमक नगर खेलबिकाश समिति अध्यक्ष भीमराज केसी,दमक रनका अध्यक्ष तथा दमक लखनपुर भेट्रान क्लबका अध्यक्ष दिवस राई, ध्रुवतारा स्पोटिङ क्लबका अध्यक्ष मिन मगर, दमक उद्योग वाणिज्य संघका लेखा समिति सदस्य कृष्ण राज दाहाल, विद्यालयका शिक्षक, विद्यार्थी, सेनाका विभिन्न दर्जाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सम्पूर्ण सहभागी हरुले निर्धारित दूरी ६.५ किमी पार गरेका थिए |

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here