दमक स्थित निम्स नेशनल हस्पिटलमा सिटी स्क्यान सेवा सुरु

0
219

दमक, झापा दमकको क्याम्पस मोडस्थित निम्स नेशनल हस्पिटलले मंगलबार देखि सिटी स्क्यान सेवा सुरु गरेको छ ।

हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालार्ई मध्यनजर गर्दै थप सो सेवा शुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । नयाँ अत्याधुनिक ६४ स्लाइसको  उक्त स्क्यान मेसिनबाट निकै गम्भीर प्रकितिका बिरामीको पनि सहजै उपचार गर्न सकिने जनाइएको छ ।

 दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उदघाटन गरिन् । अस्पतालका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा विशेष कार्यक्रममा उपप्रमुख अधिकारीले अस्पतालहरुले दिने सेवा गुणस्तरीय, विश्वसनियसंगै सरल र सुलभ किसिमको हुुनुपर्नेमा जोड दिइन् । उनले स्वास्थ्य बीमाको कार्यक्रम लागू गरिएको अस्पतालहरुमा उपलब्ध सेवाका आधारमा दमक अस्पतालले बिरामीहरुलाई रेफर दिने गरेको स्पष्ट पारिन् ।

सरकारी अस्पताल दमक अस्पतालकी अध्यक्ष समेत रहेकी अधिकारीले विभिन्न किसिमका स्वास्थ्य सेवाहरु प्रदान गर्ने सिलसिलामा सिटी स्क्यान सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम चालू रहेका अस्पतालहरुमा नै बिरामी रेफर गर्नुपर्ने व्यवस्था रहेको पनि जानकारी गराइन । उनले भनिन दमकमा तीन खाले स्वास्थ्य संस्था रहेका छन् । सबैमा गुणस्तरीय सेवा हुन आवश्यक छ । दमक अस्पतालमा उपलब्ध नहुने सिटी स्क्यान सेवाका लागि बिरामीहरुलाई दमक बाहिर रेफर गर्नुपर्ने बाध्यता थियो निम्स अस्पतालले सो सेवा दिन शुरु गरेसंगै अब त्यो बाध्यता हटेको छ ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.नविन कुमार सिंहले अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवासंगै भिडियो एक्सरेको सेवा सञ्चालन गर्ने बताए । हाल २५ बेड क्षमताको सो अस्पताललाई ५० बेड क्षमताको अस्पतालका रुपमा बिकास गर्ने प्रकृया अन्तिम चरणमा रहेको सिंहले जानकारी दिए । उनले विभिन्न किसिमका विशेषज्ञ चिकित्सकहरुबाट नियमित ओपिडी, सर्जन सेवाहरु समेत प्रदान गर्दै आएको जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here