दमक ६ नम्बर वडा कार्यालयको सेवा अब आफ्नै भवन बाट

0
223

दमक वडा नम्बर ६ वडा कार्यालयले आफ्नै भवन बाट सेवा सुरु गरेको छ ।

वडा कार्यालयले आज एक कार्यक्रम गरी औपचारिक रूपमा दमक ६ स्थित पुरानो सब्जी बजारमा बनेको नयाँ सुविधा सम्पन्न व्यापारिक भवनबाट सेवा सुरु गरेको जनाएको छ । लिफ्ट सहितको उक्त वडा कार्यालयको  प्रमुख अतिथि दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले  उद्घाटन गरेका छन्।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख ओलीले नागरिकको सेवामा वडा कार्यालय, नगरपालिका सदैव समर्पित रहेको भन्दै, सरसफाई, लैगिक समानता लगायतका विषयमा अझै चेतनाको कमी भएको बताए । उनले दमकका ६ वटा वडाले आफ्नै भवन बाट सेवा सुरु गरिसकेको समेत जानकारी दिए ।

वडा नम्बर ६ का वडा अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उप मेयर गिता अधिकारी, नगरपालिकाका प्रशासकिय अधिकृत गणेश प्रसाद तिम्सिना, दमक वडा नंबर २ का अध्यक्ष प्रजापति सापकोटा दमकका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु स्थानीयवासी लगायतको उलेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा  वडा सदस्य कमल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन वडा सदस्य लक्ष्मीप्रसाद दाहालले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here