नेपाल खेलकुद महासंघको प्रथम दमक नगर अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन सापकोटा

0
207

दमक / नेकपा एमाले सम्वद्ध नेपाल खेलकुद महासंघको दमक नगरकमिटी गठन भएको छ ।

अर्जुन सापकोटाको अध्यक्षतामा महासंघको नगर कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्ष शुसिल तामाङ् र दूर्गा पाण्डे, सचिवमा रोशन सिम्खडा, सहसचिव गंगाराज बुढाथोकी र सागर कार्की एवम् कोषाध्यक्ष सिर्जना श्रेष्ठ रहेका छन् ।

एमाले केन्द्रिय सदस्य एवम् दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको महासंघका जिल्ला अध्यक्ष भवानी बरालले जानकारी दिए ।

कार्यक्रममा एमाले प्रदेश सदस्य होमबहादुर थापा, नगर अध्यक्ष गेहनाथ पोखरेल लगायतको आतिथ्यता रहेको थियो भने महासंघका केन्द्रिय सदस्य राजकुमार थापाले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रह गराएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here