क्यानसर पिडित लैनबहादुर खत्रि (निर्मल) काे उपचारका लागी आर्थिक अभाब

0
234

 झापाको शिबसताक्षी ७ फाक्तेप का ४४ बर्षिय क्यानसर पिडित लैनबहादुर खत्रि (निर्मल) लाई उपचारमा सहयोग पुराउनको लागी स्थानीयबासीहरुको सक्रियतामा आर्थिक संकलन सुरु गरिएको छ ।

गएको बैसाखमा आन्द्रामा क्यान्सर रोग प्रमाणित भए पछि उनको काठमाण्डौ स्थीत टिचिङ हस्पिटलमा सफल अप्रेशन गरिएको थियो । त्यस पस्चात टिचिङका डाक्टरको सल्लाह अनुसार उनको झापाको बिर्तामोड स्थित पुर्बअञ्चल क्यानसर अस्पतालमा नियमित किमो थेरापी संगैं उपचार भईरहेको थियो ।

तर आर्थिक अभाब कै कारणले गर्दा नियमित किमो थेरापी नगरे पछि बिरामीको अवस्था गम्बिर हुन थाले संगै स्थानीयबासीहरुले आर्थिक संकलन सुरु गरेका हुन । ७ र १३ बर्षिय २ सन्तानका पिता समेत रहेका खत्रिको दैनिकी नै कस्टकर बन्दै गएकोले स्थानीय खड्कबहादुर चेम्जोङको संयोजकमा अर्थिक संकलन समिति गठन गरि धमाधम संकलन गर्ने काम गरिएको हो ।

आर्थिक अवस्था कम्जोर भएका खत्रिको उपचारमा आफ्नो जायजेथा लगायत आफन्त संग सरसापट गरेको करिब १० लाख बडि खर्च भएको पडितको श्रीमति मन्जु खत्रिले बताइन । उनि अगाडी थप्छिन नाबालक छोराहरु छन उनि हरुलाई हुर्काउन बडाउन पढाउने बेलामा उहाँ नै थलापरे पछि त चुलामा आगो बाल्न नै धौ धौ हुने अवस्था आएको छ । कमाउने उहाँ नै हो तर उहाँ नै ओछ्यान लागेपछि त हाम्रो नै बिचल्ली हुने अवस्था आएको दुःखेसो पोख्छिन ।

क्यानसर रोगीले नेपाल सरकारबाट पाएको सुबिधा सबै उपभोग गरि सकेकोले अब सबै नेपाली सहयोगी मनहरु संग हात फैल्याउनु बाहेक अन्य बिकल्प नभएको पडितकी श्रीमति बिलौना गर्छिन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here