नेपालमा एकै दिन ५ सय ४० जनामा काेराेना पुष्टि

0
153

काठमाण्डाै – पछिल्लो २४ घण्टामा पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर गरी १२ हजार ९९ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा दुई सय ७१ जना निको भएर घर फर्किएका छन् । याेसँगै अहिलेसम्म आठ लाख १३ हजार चार सय ४७ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय २ पुगेको छ । अहिले नेपालमा पाँच हजार चार सय ३१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच गएको २४ घण्टामा एक लाख २० हजार ६ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड नाै लाख चार हजार आठ सय ५९ जनाले पूर्ण मात्रा र एक करोड ४७ लाख ३७ हजार चार सय ३३ जनाले एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here