जाडोमा बालबालिकालाई न्यानो बनाउँदै नेपाली काँग्रेस दमक

0
159

दमक/ दमक १ स्थित भृकुटी माविमा अध्ययनरत एक सय जना बालबालिकालाई नेपाली कांग्रेसले न्यानो स्विटर प्रदान गरेको छ ।

कांग्रेसको दमक १ नम्बर वडा समितिले व्यवसायी तथा कांग्रेसका स्थानीय नेताहरुको सहयोगबाट जुटाइएका ति स्विटर बिहिबार बिद्यालयमै पुगेर हस्तान्तरण गरेको हो ।

कांग्रेस दमक नगर सचिव रामचन्द्र अधिकारीका अनुसार नगर सभापति प्रकाश प्रसाइँ, व्यवसायी राजकुमार गुप्ता र कांग्रेस दमक १ का वडा सभापति गजेन्द्र देवानको सौजन्यमा स्विटर हस्तान्तरण गरिएको हो ।नगर सभापति प्रसाइँले आफू र वडा सभपति देवानले समेत प्रारम्भिक शिक्षा हासिल गरेको सो बिद्यालयका बालबालिकाहरुलाई अति आवश्यक पर्ने न्यानो स्विटर प्रदान गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

बिद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद न्यौपानेले धन्यवाद व्यक्त गरे । सो अवसरमा सहयोगी दाता व्यवसायी गुप्ता , कांग्रेस दमक नगर उपसभापति युवराज खनाल, सचिव अधिकारी, नेपाल प्रेस युनियन झापाका उपाध्यक्ष गिरिराज भट्टराई स्थानीय युवा संगम राई लगायतको सहभागिता थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here