दमकमा जिल्ला स्तरीय ITF तेक्वान्दो प्रतियोगिता हुँदै

0
237

दमक/दमकमा आउँदो शनिबार जिल्लास्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ ।

दमक नगर तेक्वान्दो ( आइटिएफ) उपसमितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताका बारेमा बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । सो अवसरमा जनाईए अनुसार प्रतियोगितामा २० देखि ७५ बर्षमाथिको तौल समुहका करिब २ सय खेलाडीहरु सहभागी हुनेछन ।

जिल्लाका विभिन्न ठाउँमा सञ्चालित ६ वटा डोजाङमा आबद्ध जुनियर प्रशिक्षार्थी खेलाडीहरुले सो प्रतियोगितामा भाग लिनेछन । प्रतियोगितामा महिला÷ पुरुष समुहबाट अलग अलग सहभागिता गराइनेछ । आयोजक समितिका अध्यक्ष नविन तामाङले प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई ट्रफी र मेडलबाट सम्मान गरिने जानकारी दिए । आयोजक समिति उपाध्यक्ष मुबि राईले प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरुको व्यवस्थापनका लागि पूर्व तयारी पूरा भएको जानकारी दिइन ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई देश विदेशमा हुने अन्य प्रतियोगिता तथा टुर्नामेन्टहरुमा सहभागिताका अवसर प्रदान गरिने अध्यक्ष तामाङले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ । दमक नगरपालिकाको खेलकुद बिकास समितिबाट नगद १ लाख रुपैयाँ र अन्य खेलप्रेमी सहयोगी दाताहरुको सहयोगमा सो प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य आयोजकले राखेको जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here