असहाय मानव सेवा समाजको साधारण सभामा सहयोगी दाताहरुलाई सम्मान

0
304

दमक/दमकमा सञ्चालित असहाय मानव सेवा समाज नामक संस्थाको दोश्रो बार्षिक साधारण सभा आज (बुधबार) सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाकक्षमा आयोजित साधारण सभामा सो संस्थालाई सहयोग पुरयाउने तथा संस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्न उत्प्रेरणा दिएको भन्दै पाँच जनालाई सम्मान गरिएको संस्थाले जनाएको छ । संस्थाकी अध्यक्ष चेतना निरौलाको अध्यक्षता र दमक नगरपालिका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाले कोरोना महामारीका समयमा सञ्चालन गरेको भोकालाई भोजन अभियानमा सहयोग पुरयाउने दमक घर भई हाल अमेरिका बस्दै आएका सुदिपराज पन्तसहित सहयोगी दाताहरुलाई सम्मान गरिएको हो ।

सो अवसरमा सम्मानित हुनेहरुमा कमल गाउँपालिका वडा नं ६ निवासी अरुण भण्डारी, हेमा फाण्डेशनका अध्यक्ष हेम थापा, अमेरिकामा रहेका घनेन्द्र मावो, शारदा उदास श्रेष्ठ र हाल सिंगापुरमा बस्दै आएका भुपेन्द्र तुम्बापो रहेका छन । उनीहरुलाई सम्मान पत्रबाट सम्मान गरिएको संस्थाकी उपाध्यक्ष सजु बुढाथोकीले जानकारी दिइन । सो साधारण सभामा संस्थाकी अध्यक्ष निरौलाले संस्थाको बार्षिक गतिबिधि समेटिएको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सीता उप्रेतीले आर्थिक प्रतिवेदन पेश गरेका सचिव पुनम रिजालले जानकारी दिइन ।

सो अवसरमा प्रमुख अतिथी ओली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष सिताराम खतिवडा, लायन लिडर अजय अग्रवाल, सहयोगी दाता संस्था हेमा फाउण्डेशनका अध्यक्ष हेम थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य कृष्ण भट्टराईले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here