अन्तराष्ट्रिय नयाँ बर्षमा दमकबासीले मनाए टोपी दिवस ( फोटोमा हेर्नुस् )

0
182

दमक/ आज अन्तराष्ट्रिय नयाँ बर्षको पहिलो दिन अर्थात जनवरी १ तारिख । आजको दिनलाई अंग्रेजी सम्वत अर्थात इस्वी सम्वत शुरु भएको दिनका रुपमा विशेष महत्वसाथ मनाइने गरेको छ ।

नेपालमा भने हरेक बर्षको १ वैशाखलाई नयाँ बर्षका रुपमा मनाइन्छ । नेपालमा विक्रम सम्वतका रुपमा मानिन्छ । नेपालीहरुले आज अन्तराष्ट्रिय नयाँ बर्षको दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाउँछन । यो दिवस सरकारी तवरबाट भने मनाउने गरिएको छैन तर जनस्तरबाट नेपाली मौलिकता र राष्ट्रिय पोशाकको प्रवद्र्धन एवं संरक्षण गर्ने उद्धेश्यले नेपालीहरुले स्वतस्फूर्त रुपमा टोपी दिवस मनाउने गरेका हुन ।
यसै अवसरमा जिवन चक्र समाज नामक सामाजिक संस्थाले आज (शनिबार) दिवसको अवसर पारेर दमक चोकमा विशेष कार्यक्रम गरेको छ । जसमा सहभागी हुनेहरुलाई आयोजक संस्थाका तर्फबाट ढाका टोपी उपहार प्रदान गरिएको थियो । कार्यक्रममा १०८ बर्षिय एक बृद्धलाई ढाका टोपी ओढाएर र सम्मान पत्रबाट सम्मान गरियो । जानकी मेडिकलका डाइरेक्टर डा. राम प्रसाद उप्रेतीको प्रमुख उपस्थितीमा भएको सो कार्यक्रममा झापा कमल ५ का १०८ बर्षिय रण बहादुर कार्कीलाई सम्मान गरिएको हो ।

सो अवसरमा डा. उप्रेतीले राष्ट्रियताको सवालमा कसैबाट पनि धोका हुन नहुने भन्दै एमसीसी पारित नगर्न दलहरुलाई चेतावनी दिए । उनले एमएसीसी परियोजना राष्ट्रघाती भएको भन्दै आलोचना गरे । कार्यक्रममा सामाजिक व्यक्तित्व डा. लेखनाथ न्यौपानेले टोपीको महत्वबारे चर्चा गरेका थिए भने स्रष्टा बेनु चुँडालले सांगितिक तथा साहित्यीक प्रस्तुति मार्फत टोपीको महत्वबारे प्रष्टयाएका थिए । कार्यक्रममा दमक गर उपप्रमुख गीता अधिकारीसहित, स्थानीय नगरबासी युवा तथा ज्येष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजक संस्थाका अध्यक्ष गणेश प्रसाद गौतमले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here