शिवसत्ताक्षी नगर भेट्रान फूटबल, उपाधिका लागि वडा ९ र १० भिड्दै

0
242

शिवसताक्षी । झापको शिवसताक्षीमा जारी दोस्रो संस्करणको शिवसत्ताक्षी नगर भेट्रान फूटबल प्रियोगिताको फाइनल खेल आज शनिबार हुँदै छ ।

शिवसताक्षी १ धरमपुर स्थित फूलबारी रंगशालामा भइरहेको वडा स्तरीय भेट्रान खेलमा आज वडा ९ र १० बीच उपाधि रक्षाको लागि भिडन्त हुने भएको हो । स्थानीय समय अनुसार २ बजे बाट शुरू हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा वडा नम्बर ९ले वडा नम्बर १ लाई पराजित गरेको थियो भने वडा नम्बर १० ले ११नम्बर वडालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । वडा नम्बर १० अघिल्लो संस्करणको उप विजेता हो भने ९ पहिलो पटक फाइनल खेलन लागेको हो ।

यस प्रतियोगिताको बिजेताले नगद ५०हजार रुपैयाँ सहीत ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले ३०हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सदस्य दिल सेरेङ लिम्बूले बताए ।

दुवै टोलीमा अनुभवी पूर्व खेलाडीहरूको बाहुल्यता रहेकोले पनि आजको फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताइएको छ । शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि वडा नम्बर १ ले कब्जा गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here