लखनपुर भेट्रान क्लबको अध्यक्षमा दिवस राई

0
310

झापा । दमक लखनपुर भेट्रान क्लबको आठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट आगामि कार्यकालका लागि दिवस राईको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै समितिकाे खेल संयाेजकमा मीन मगर सर्वसम्मत निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा एल.बी. विष्ट र खड्क राई रहेका छन् भने सचिवमा बसन्त विक्रम कुवर, सहसचिवमा सुवास आङ्थुपो, कोषाध्यक्षमा लक्षमन मादेन रहेका छन् । त्यस्तै सदस्यहरूमा गंगा लिम्बु, बिनय श्रेष्ठ, भक्त बहादुर मगर, शुशिल तामाङ, कृष्ण कार्की, पदम भण्डारी र ओर्गेन राई रहेका छन् ।

त्यस्तै समितिको सल्लाहकारमा भरत चम्लागाई र भोजकुमार राई रहेको छन् । टिम कोचमा कुमार गिरी, टिम क्याप्टेनमा अजेन तुम्वापो, सहायक टिम क्याप्टेन विकाश राई रहेको समितिले जनाएको छ ।

झापा जिल्ला कानुनी अधिवक्ता विमल सङ्ग्रौलाको संयोजकत्वमा नारदमुनी राई र एकराज प्याकुरेल गरी तीन सदस्य निर्वाचन समिति रहेको थियो ।

दमक लखनपुर भेटरन क्लबको अध्यक्ष भोजकुमार राईको अध्यक्षतामा तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कमल गाउँपालिका वडा नं. ५ का अध्यक्ष डम्बर बहादुर निरौला, दमक नगर खेलकुद समितिका संयोजक भीम चम्लागाई, संस्थाका संस्थापक अध्यक्ष भरत चम्लागाई, खेल संयोजक मिन मगर लगायत झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न भेट्रान क्लवका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम समितिका सचिव एल.बी. विष्टले सञ्चालन गरेका थिए भने खड्क राईले स्वागत मन्तव्य राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here