नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघ दमकको अध्यक्षमा बिमल खतिवडा

0
383

दमक/ नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघ दमक नगर कमिटी अध्यक्षमा बिमल खतिवडा चयन भएकाछन् । शुक्रबार दमकमा भएको पहिलो अधिवेसनले महासंघको अध्यक्षमा खतिवडालाई चयन गरेको हो ।

यसैगरी महासंघको उपाध्यक्षमा गोपाल गुरागाँई र दीपक गौतम, सचिवमा सुयोग खरेल, कोशाध्यक्षमा राजिव पुर्वे, सह सचिवमा खोम चम्लागाई, रमेश लुईटेल र बिना शाह चयन भएकाछन् । पदाधिकारी सहितथ ५९ सदस्यीय महासंघको दमक नगर कमिटी बनेको जनाईएको छ ।

महासंघका सचिवालय सदस्य एवं प्रदेश १ अध्यक्ष गणेशबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका नगरका नेताहरु तथा ब्यवसायीक क्षेत्रका अगुवाहरुले शुभकामना सहित महासंघको सक्रियताको लागि अग्रसर हुन आग्रह गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here