आदिवासी रंगशाला निर्माणमा प्रदेश सरकार सकारात्मक : मन्त्री यादव

0
163

दमक÷ प्रदेश एक सरकारका सामाजिक विकास मन्त्री जयराम यादवले झापाको कमल ५ स्थित निर्माण प्रकृया अवरुद्ध बनेको आदिवासी रंगशाला तथा समाधीस्थलको स्थलगत निरिक्षण गरेका छन ।

सोमबार (आज) रंगशाला निर्माणस्थल आइपुगेका मन्त्री यादवलाई प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईसहित, कार्यसमिति, सल्लाहकार एवं स्थानीय सरोकारवालाहरुले रंगशाला निर्माणको इतिहास र वर्तमान मन्त्री यादव बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा मन्त्री यादवले आफू सो रंगशालाका बिषयमा जानकार रहेको बताउँदै इतिहासको संरक्षण बिना वर्तमान र भविष्यसमेत उज्यालो हुन नसक्ने उल्लेख गरे । उनले भने– हजारौं पितृहरुको समाधी जुन उद्धेश्य र भावना राखेर भत्काइयो त्यो पवित्र थियो, चिहानमाथि उभिएर कसैले पनि मृत आत्माको भावनामाथि खेलबाँड गर्नुहुँदैन । यो चिहानमाथि उभिएर हामी कसैले पनि झुटो नबोलौं ।

मन्त्री यादवले प्रदेश सरकार मात्रै नभई संघीय सरकार समेत आदिवासी रंगशाला निर्माण गर्ने र समाधीस्थललाई व्यवस्थित गर्ने कुरामा सकारात्मक रहेको आफूले बुझेकाले यसलाई तुरुन्तै कार्यान्वयनको दिशामा लैजाने प्रतिबद्धता जनाए । उनले हाइवेसंगै जोडिएको स्थानमा फराकिलो क्षेत्रलाई आधुनिक र व्यवस्थित रंगशालाको रुपमा बिकास गर्न सके उदाहरणीय हुने बताउँदै यसलाई खेल क्षेत्रको मात्रै नभएर देशको नमुना बिकास योजनाका रुपमा लिन सकिने बताएका थिए ।

रंगशाला निर्माणस्थलसंगै दिवंगतहरुको नाम लेखेर स्मृति पार्क निर्माण गर्ने यस अघिको योजनालाई मुर्तरुप दिन आवश्यक रहेको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष राईले जानकारी गराएका थिए । उनले त्यहाँ रंगशाला निर्माणका लागि तय भएको क्षेत्र ( जग्गा)को भोगाधिकार प्रतिष्ठनका नाममा ल्याउने प्रकृयामा वर्तमान संघीय सरकारका प्रमुख तथा सम्बन्धित मन्त्री एवं शीर्ष नेताहरु सकारात्मक रहेको स्मरण गराए । उनले सो प्रकृयालाई मुर्तरुप दिन पहलका लागि मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए । मन्त्री यादवलाई सरोकारवालाहरु भिमराज राई, देउकुमार नेम्वाङ, भलिबलका प्रदेशस्तरीय रेफ्री समेत रहेका स्थानीय रोशन दाहाल, प्रतिष्ठानका महासचिव दिपेनवाला राई, किराँत राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ , आदिवासी जनजाती महासंघ झापाका पूर्व अध्यक्ष पारसमणी राई, प्रतिष्ठानकी विष्णुमाया भट्टराई लगायतले त्यहाँ निर्माणाधिन रंगशाला र विभिन्न जातजातीको समाधीस्थलमा व्यवस्थापनका लागि मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here