सर्लाही व्यापारी मृत्यु अपडेट : आक्रोसित स्थानीयले जलाए प्रहरीको भ्यान

0
162

सर्लाही । इलाका प्रहरी कार्यालय, ईश्वरपुरको प्रहरी भ्यानकाे ठक्करबाट स्थानीय व्यापारीको मृत्यु भएपछि सर्लाहीका स्थानीयले प्रहरी भ्यानमा आगो लगाइदिएका छन् ।

व्यापारीको मृत्युपछि बन्द रहेको बजार खुलाउन र स्थति सामान्य बनाउनका लागि आएको इलाका प्रहरी कार्यालय, हरिपुरको बा १ झ ७४८२ नम्बरको भ्यानमा स्थानीयले आगो लगाइदिएका हुन् । हरिपुरबाट आएको प्रहरीको भ्यान ईश्वरपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । आक्रोशित स्थानीयले नगरपालिका कार्यालयमै पुगेर भ्यानमा आगो लगाएका हुन् ।

ईश्वरपुर नगरपालिका-५ घर भएका रामकुमार महतोलाई आइतबार राति नगरपालिकाको वडा नम्बर ७ स्थिति नगरपालिका कार्यालयको दक्षिणतर्फ भ्यानले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । पसल बन्द गरेर मामाघर जान लागेका महतोको दुर्घटना भएको प्रहरीले स्वीकारेको छ ।

घटना राति नै भए पनि परिवारलाई भने विहान मृत्यु भएपछि मात्र खबर गरिएको थियो । प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै उद्योग वाणिज्य संघ, ईश्वरपुर र स्थानीयले बजार बन्द गरेर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here