एमालेको पक्षमा बढेको जनलहर रोक्ने तागत कसै संग छैन ः अध्यक्ष ओली

0
216

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा बढेको जनलहर रोक्ने कुनै तागत कसैसँग पनि नभएको दावि  गरेका छन् ।

 

आफ्नो गृहनगर झापाको दमक ३ मा निर्माणाधिन भ्युटावर अवलोकनका लागि पुगेका ओलीले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी स्थापित हुने निश्चित भएको पनि बताए। एमालेको जनलहर बढे पछि आत्तिएकाहरुले आफु नेतृत्वको सरकार ढालेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका  ओलीले आगामी निर्वाचनको परिणामले पुनः एमालेलाई सरकारको नेतृत्वमा पुर्याउने ठोकुवा गरे।

विगतमा एमालेको नेतृत्वमा सरकार हुँदा त्यसबेलाका आफ्नै पाटीका केहि नेताहरुले हात खुट्टा तानेको उल्लेख गर्दै ओलीले जनताले त्यसको हिसाव किताव चुनावमा गर्ने पनि चेतावनी दिए । उनले एमालेकाे सरकार अाए देखि गरिब हरूलाइ अावास निर्माण गरेर दिन थालेकाे समेत बताए ।

तीन दिने जिल्ला बसाईका क्रममा ओली शनिबार झापा आएका हुन् । सोमबार समेत आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न कार्यक्रममा उनी सहभागी हुने जनाईएको छ । आलीले आईतबारनै दमक ३  मा विपन्नका लागि तीनै तहका सरकारको लागतमा निर्माण भएका ३३ ओटा घर पनि हस्तान्तरण गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here