दमकमा अक्सिजन प्लान्टको औपचारीक शुभारम्भ, ४० घन मिटर प्रतिघण्टा उत्पादन हने (फाेटाे फिचर )

0
768

झापा / दमक स्थित दमक अस्पताल परिसरमा निर्माण गरिएको अक्सिजन प्लान्टको औपचारीक शुभारम्भ गरिएको छ । झापा क्षेत्र नं.५ का प्रतिनिधी सभा सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्लान्टको औपचारीक शुभारम्भ गरेका छन् ।

विश्व वैंकको सहयोगमा प्लान्ट निर्माण गरिएको हो । प्लान्ट निर्माण भएसँगै अक्सिजन सिलिण्डर भर्ने कार्य समेत शुरु भएको छ । यो अस्पताल दमकको एकमात्र सरकारी अस्पताल हो ।

दमक नगरपालिका अन्तर्गत रहेको अस्पतालमा ४० घन मिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । विश्व बैंकको लगानी र युएनओपीएस मार्फत कार्यान्वयनमा आएको योजनामा २ जना प्राविधिक समेत पूर्णकालिन रुपमा रहने अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।  विद्युत आपूर्ती अवरुद्ध हुँदा समेत अक्सिजन भर्ने कार्य अवरुद्ध हुन नदिन १६२ केभिएको जेनेरेटर समेत जडान गरिएको छ ।

अक्सिजन प्लान्ट शुभारम्भका लागि पुगेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले सोहि परिसरमा निर्माणाधिन भवनको निरीक्षण पनि गरका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here