मानिसकाे श्वास र शवकाे जिम्मा सरकारकाे : मुख्यमन्त्री राई

0
184

दमक/ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले मानिस जिउदाे हुदा शासकाे मृत्यु पछि लास (शव)काे जिम्मा सरकारकाे हुने बताएका हुन् । उनले इसाई (क्रिश्चियन) धर्मावलम्बीहरुकाे मृत्यु पछि गरिने संस्कारकाे लागि जग्गा ब्यवस्थापन गर्न गरेकाे अाग्रहलाइ प्रष्ट पार्दै उनले भने इसाई जस्तै किराति हरूकाे लागि पनि शव ब्यवस्थापनका लागि  जग्गा ब्यवस्थापनमा प्रदेश सरकारले गर्न सक्ने सहयाेग गरेर जानेछ। साथै उनले धर्मावलम्बीहरुको मुलभाव एउटै भएकोले सबै धर्मप्रति समान व्यवहार राज्यको दायित्व हुने बताएका छन । इसाई (क्रिश्चियन) धर्मावलम्बीहरुद्धारा मंगलबार झापाको दमकमा ख्रिष्टमसको अवसर पारेर आयोजित शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले त्यस्तो बताएका हुन । उनले धार्मीक र साँस्कृतिक अधिकारका लागि राज्यले सहयोग गर्ने पनि बताए ।

मुख्यमन्त्री राईले मानवताबीचमा आपसी प्रेम, सद्भाव, आत्मियता, बन्धुत्व र भाइचाराको विकास गर्न धार्मीक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए । मुख्यमन्त्री राईले नेपालको संविधानलेनै धार्मीक स्वतन्त्रता र अधिकारको ग्यारेन्टी गरेको स्मरण गरेको बताउँदै जाती, धर्म, लिङग आदि कुनैपनि बिषयमा कसैमाथि भेदभावपूर्ण व्यहार गरिनु कानुन विपरित हुने स्मरण गराए ।

फरक प्रसङ्गमा मुख्यमन्त्री राईले आफु किरात धर्मप्रति आस्थावान रहेको तर, आस्था भएपनि त्यहि धर्मको अनुसरण गरेको वा नगरेको त्यो फरक कुरा भएको बताउँदै मुख्यमन्त्री राईले प्रदेश मन्त्रालयबाट हुने कतिपय कार्यक्रममा सहभागि हुन पुग्दा हिन्दु धर्मको विधि वा परम्परा अनुसार हुने गरेको भने स्विकार गरे । उनले भने – कतिपय ठाउँमा समुदघाटन वा शिलान्यासका लागि म पुग्नुअघि स्थानीय आयोजकले पंण्डित मार्फत पुजा वा विधिको तयारी गरेको पाएको छु ।
‘जन्मन्दै म किरात धर्मको मान्छे’, मुख्यमन्त्री राईले भने–’ यो समाजै हिन्दु धर्मभित्रैमा रुमलिएको रहेछ ।’ मलाई पनि छलफल नगरी म सहभागि कार्यक्रममा हिन्दु धर्म वा संस्कृति अनुसार गर्ने गरिन्छ ।

इसाई समाज प्रदेश १ का अध्यक्ष पाष्टर बिक्रम बर्णबास येक्तेन लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा रेभ गोपाल खनालले प्रार्थना गरेका थिए । सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ का अध्यक्ष राम थापा, रेभ दानियल सुब्बा लगायतले ख्रीष्ट जन्मोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका दमक नगर इसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङ राईले जानकारी दिए ।

इसाई समाज दमक नगर समितिको आयोजनामा भएको कार्यक्रममा इसाई समाज संघ संस्था, चर्चहरुको प्रतिनिधित्व गर्दै धरानका संचारउद्यमी रेभ कुबेर गुरुङले नेपालमा ३० लाखको हाराहारीमा रहेका इसाई सममुदायमाथि अहिलेपनि शासकहरुले दमन र अत्याचार गरिरहेको आरोप लगाए । उनले समाज र राष्ट्र निर्माणमा होस या सामाजिक र राजनीतिक परिवर्तनमा इसाई समुदायको पनि कही न कही महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

मुख्यमन्त्री र सहभागि अतिथीहरुलाई लक्षित गर्दै उनले प्रश्न गर्दै भने– हामी यहि देशका नागरिक, हामी यहि देशमा बसोबास गर्दछौं तर हामीमाथि धार्मीक दृष्ट्रिकोणले दमन र अत्याचार किन भइरहन्छ ? धार्मीक कार्यक्रममा सहभागि भएर आफ्नो बिचार राख्दा राख्दै पक्राउ परिन्छ । पक्राउ परेका मान्छेलाई जबरजस्ती अदालतमा उभ्याइन्छ । अदालतमा पेशीका लागि उपस्थिति हुदाँ होस या धरौटी बुझाउदाँ होस, पटक पटक पक्राउ गरेर हामीमाथि शासकले दमन गरिरहेको छ– गुरुङले आक्रोश पोखे ।

सो कार्यक्रममा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम संयोजक रेभ एनडी थुलुङ राई, नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष महेश घिमिरे, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सदस्य सुमन कार्की, दमक उद्योग बाणिज्य संघ दमकका बरिष्ट उपाध्यक्ष गोपाल गुरागाई, नेकपा (एमाले) दमक नगरका सचिव राम पौडेलको उपस्थित थियो ।

इसाई समाज दमकका पूर्वअध्यक्ष एबम् सल्लाहकार पाष्टर राजकुमार राईका अनुसार प्रदेश १ बाट १४ जिल्लाका प्रतिनिधित्व रहनेगरी सहभागि भएको कार्यक्रममा झापा, मोरङ र सुनसरीबाट इसाई धर्मावलम्बीहरुको ठूलो संख्यामा उपस्थित थिए । कार्यक्रममा दमक, उर्लाबारी लगायतका चर्चहरुका कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरेर मनोरञ्जनात्मक बनाएका थिए । सो कार्यक्रमको सञ्चालन इसाई समाजका महासचिव एबम् पाष्टर मेहरमान गिरी र इसाई समाजका युवा व्याक्तित्व एबम् पत्रकार सुमन कुरुङबाङले पालैपालो गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here