दमक ३ वडाध्यक्ष कप फुटबल शुरु, भाउन्नेलाई हराउदै मंगलबारे ११ विजयी

0
238

दमक / दमक ३ मा आज (आइतबार)देखि वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

दमक ३ को वडा खेलकुद उपसमितिको आयोजना र वडा कार्यालयको संयोजनमा शुरु भएको प्रतियोगिताको दमक नगर प्रमुख रोमनाथ ओलीले उदघाटन गरेका छन । प्रस्तावित मदन भण्डारी स्मृति रंगशालामा शुरु भएको प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख ओलीले खेलकुदका माध्यमबाट शरिरलाई स्वस्थ र समाजलाई अनुशासित बनाई राख्न ठुलो मद्धत पुग्ने विचार व्यक्त गरे ।

प्रतियोगताको पहिलो दिन आइतबार मोरङको भाउन्ने युथ क्लब र मंगलबारे ११ बीच खेल भएको छ । सो खेलमा मंगलबारे ११ ले शुन्यका विरुद्ध ३ गोल गर्दै सानदार जितको यात्रा शुरु गरेको छ । सो टिमका तर्फबाट एनस मगरले दुई र रोहन कार्कीले एक गोल गरेका थिए । भोली ( सोमबार) को खेल चुलाचुली फुटबल क्लब र आयोजक समितिबीच हुने दमक ३ का खेलकुद उपसमिति संयोजक विरेन्द्र चापागाइँले जानकारी दिए ।

दमक ३ का वडाध्यक्ष नविन बरालले युवाहरुलाई खेलकुदका माध्यमबाट समाजका सकारात्मक काममा टेवा पुरयाउनका साथै सो रंगशालाको स्तरोन्नतीसंगै प्रदेशस्तरको सुविधा सम्पन्न रंगशालाका रुपमा बिकास गर्न वडाले त्यस किसिमको प्रतियोगिता आयोजना गरेको जानकारी दिए । खेलकुद उपसमिति संयोजक चापागाइँले स्वागत मन्तव्य राखेको उदघाटन कार्यक्रममा दमकस्थित जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नगर खेलकुद बिकास समितिका संयोजक भिमराज चौंलागाई लगायत खेल क्षेत्रका सक्रिय व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । प्रतियोगिता ११ पुष सम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here