शिबसताक्षीमा चासोक तङनाम

शिबसताक्षी । किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा बारीमा पैँयू फुल्न थालेपछि मनाइने उधौली पर्व आइतबार झापाको शिबसताक्षी स्थीत दुधेमा पनि धुमधामका साथ मनाइएको छ ।

लेकमा बढी चिसो हुने भएपछि मंसिर पूर्णिमादेखि उँधो अर्थात् तराई वा बेंसीतिर झर्ने चलन छ । त्यसैलाई उधौली अर्थात् चासोक तङनाम पर्वको रुपमा लिम्बु समुदायले मनाउने प्रचलन रहिआएको छ । सोही अनुरुप आज शिबसताक्षीको दुधे रंगशालामा पनि धुमधामका साथ चासोक तङनाम मनाइएको छ । चासोक तङनाम कार्यक्रमका प्रमुख अतिथि शिबसताक्षीका नगर प्रमुख चन्द्रकुमार शेर्माले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सबैको साझा दायित्व भएको बताएका छन् ।


उनले पुर्बी नेपाल संस्कृति र सम्पदाको उद्यम थलो भएको र साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नुपर्ने बताए । नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र संस्कृतिक सम्पदा र सामाजिक बनावट विश्वभरमै नमुनाको रुपमा रही आएको भन्दै नगर प्रमुख शेर्माले विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहहरुको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचान गौरव महत्वपूर्ण सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु हाम्रो साझा दायित्व भएको बताए ।

२०७३ बाट सार्वजनिक रुपमा चासोक तङनामलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ शिवसताक्षीको दूधेमा सुरु गरिएको चासोक तङनाम (नुवागी) उत्सवले लिम्बू समुदाय मात्र नभइ नगर तथा नगर बाहिरको समुदायलाई समेत उत्सवमय बनाएको छ । नेपालीहरुको राष्ट्रिय पर्व तथा किरात लिम्बू समुदायको महान पर्वले समाजमा भातृत्व तथा धार्मिक सहिष्णुता कायम गर्ने किरात याक्थुङ चुम्लुङका नगर अध्यक्ष बीरबल जवेगूले बताएका छन् । राष्ट्रिय कलाकार मेलिना राई सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रममा मौलिक घर, मौलिक मेलाको स्टलहरु, धान नाँच मेला, च्याब्रुङ नाच मेला, मौलिक भेषभुषा, लिःतोङ धनुकाण, पतःलुङ, छेलो प्रतियोगिता समेत भएको थियो ।
गायीका मेलिना राईले आफ्नो बिभिन्न एक दर्जन बडि चर्चित गितहरु प्रस्तुत गरि दर्शकलाई नचाइन । बिगत का बर्षहरुमा २ दिन सम्म मनाइदै आएको यो पर्ब अघिल्लो बर्ष कोरोना माहामारीले गर्दा हुन सकेन भने यो बर्ष पनि कोरोना भाइरसको तेस्रो भेरियन्टको जोखिमलाइै मध्यनजर गर्र्दै आज एक दिन मात्र मनाइएको आयोजक किरात याक्थुम चुम्लुङका नगर सचिब प्रेम शेर्माले जनाएका छन ।

शिबसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपाल, नगरका प्रबक्ता नबिन इजम, नेपाली कंग्रेश नगर सभापती असोक बस्नेत,इलकाप्रहरी कार्यलय झिलझिलेका प्रमुख धुर्बनारायाण श्रेष्ठ लगायतको उपस्थीति रहेको कार्यक्रम पुर्ब साम्सद तारासम योङया, नेपाली कांग्रेशकाझापा जिल्ला सभापति देउमान थेबेले चासोक तङनामको महत्व र औचित्य प्रकाश पार्दै मनतब्य राखेका थिए ।

किन मनाइन्छ चासोक तङनाम
विशेषगरी पूर्वी नेपालमा धुमधामसाथ मनाइने यो पर्व दुई सातासम्म विविध कार्यक्रम गरी मनाइन्छ । प्रकृतिपूजक आदिवासी लिम्बू जातिले कृषिमा आधारित जीवनशैली अपनाई आएको र ऋतु परिवर्तनसँगसँगै खेतबारीमा लगाएको अन्नबाली बटुल्ने समयलाई चासोक तङनाम भन्ने गरिन्छ ।
यसलाई न्वागी उत्सव पनि भन्ने गरिएको लिम्बू संस्कृतिबारे जानकारहरु बताउँछन् । लिम्बू संस्कृति अनुसार साम्वा र सिंहफेदाङबाले न्वागी पूजा अर्चना गरेपछि चासोक तङनाम शुरु भएको मानिन्छ ।

प्रकृतिपूजक किरातहरुले मनाउने यो पर्व एउटा समय–सूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किरातका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन शुरु गरेका हुन् । सुनुवार, राई, लिम्बु, याख्खा जातिले यो उत्सव मनाउने गर्छन् ।
उधौली र उभौलीमध्ये (मंसिरे धान्य पूर्णिमा)मा उधौली र वैशाखे चण्डी पूर्णिमा)मा उभौली पर्व मनाउने गरिन्छ । किरातीहरु प्रकृतिपूजक हुन् । किरातीहरुले खोला, नदीमा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर फर्किएको समयलाई उधौली भनेर मान्ने गर्छन् । त्यसैले यो पर्व मौसमी सूचना दिने सूचक पनि हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्