दमकका प्रकाश पराजुलीको हत्याका अभियुक्त सार्वजनिक

0
2858

दमक/ झापाको दमकको ब्यस्त घिमिरे मार्केटमा भएको हत्यामा संलग्लाई प्रहरीले सार्वजनिक गरेको छ । रिसीबी र झगडाका कारणले गर्दा दमक २ का प्रकाश पराजुलीको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको बताईएको छ ।

हत्यामा दमक १ का २० बर्षिय अर्जुन लिम्बु लाई प्रहरीले पक्राउ गरेको छ । झगडाको बिषय युवती भएको पनि बताईन्छ । बुधबार साँझ ७ बजे पराजुलीको बिभित्स तवरले धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो । पराजुलीको दमक बजार स्थित घिमिरे मार्केटको एक कुनामा धारिलो हतियार प्रयोग भएको थियो ।

गम्भिर घाईते अवस्थामा उपचारको क्रममा सोहि दिन मृत्यु भएपछि प्रहरीले घटनामा संलग्नहरुलाई खोजि गर्दै आएको थियो । दमकको बीच बजारमा खुलेआम भएको घटनाको सत्य तथ्य पत्ता लगाए हत्यारालाई पक्राउ गरी सार्वजनिक गर्न अनुरोध गर्दै दमक उद्योग वाणिज्य संघले बिहीबार सांकेतिक रूपमा बजार बन्द गरेको थियो । घिमिरेको हत्या भएको २ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here