दमकका पराजुलीको हत्यामा संलग्न पक्राउ

0
1793

दमक/  बुधबार बेलुकी साँझ ७ बजे घिमिरे मार्केटमा भएको हत्या प्रकरणका अभियुक्त पक्राउ परेको बताईएको छ । दमक २ का प्रकाश पराजुली नामले चिनिने तेजप्रकाश पराजुलीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको श्रोतको भनाई छ ।

यसै बिषयमा जानकारी दिनका लागि आज शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाले दिउसो २ बजे पत्रकार सम्मेलन पनि गर्दैछ । झै झगडा रिसईवीका कारण २५ बर्षिय पराजुलीको हत्या गरेको प्रारम्भिक बयान अभियुक्तले दिएको पनि अनुसन्धानमा संलग्न प्रहरी श्रोतको भनाई रहेको छ ।

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीका अनुसार घटनाको बिषयमा बिस्तृत रुपमा सार्वजनिक गरिने छ । अहिले पक्राउ परेका ब्याक्तिको म्याद थपका लागि लगिएको पनि उनले जानकारी दिएकाछन् ।

यसभन्दा अघि पीडितका आफन्त तथा दमक उद्योग बाणिज्य सघका प्रतिनिधिहरुलाई प्रहरीले २ देखि ३ दिनको समय आफुहरुलाई दिन र त्यो अवधिमा आफुहरुले अभियुक्त पक्राउ गर्ने कार्कीले प्रतिबद्धता जनाएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here