दमकमा खुल्यो क्रञ्चि ट्रकर

0
1277

दमक / झापाको दमकमा क्रञ्चि ट्रकर रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।

दमकका चार जना युवा हरुको समूह मिलेर दमकको भृकुटी चोक नजिक सञ्चालनमा ल्याएको क्रञ्चि ट्रकरमा विशेष गरी चिकेनको स्वाद लिने हरुको लागि चिकेन क्रञ्चि, फिस क्रञ्चि, बि बि क्यू, लगायत चिकेन र भेजका फरक फरक परिकार बनाइने सञ्चालकले बताए ।

बुधबार साँझको समयमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा दमक जेसीजका अध्यक्ष सुयोग खरेलले संयुक्त रूपमा होटलको उद्घाटन गरेका छन् । उक्त अवसरमा निम्स नेसनल अस्पतालका अध्यक्ष बलभद्र कोइराला, दमक अस्पतालकी प्रबक्ता देवी दंगाल, दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, व्यवसायी सन्तोष अधिकारी लगायतका उपस्थिति रहेको थियो ।

दमकको मदर ल्यान्ड अंग्रेजी बोडिङ्ग स्कूलबाट २०६७ मा एस एल सी दिएका एकै कक्षामा पढ्ने साथीहरु सुबास बुढाथोकी,डा.पुष्पराज बोहोरा,सौगात कट्वाल, अभिषेक खरेल हाल विभिन्न क्षेत्रमा काम गरिरहेका युवाहरुले आफ्नै क्षेत्रमा ताजा सफा मीठो खानाका परिकारको सेवा दिनको लागि क्रञ्चि ट्रकर रेस्टुरेन्ट सञ्चालन ल्याएको संचालकहरुले जानकारी  दिएका छन्  ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here