पुनर्वासमा अमेरिका पुगेका शरणार्थीहरुको सहयोगमा ५० घर परिवारलाई राहत

0
313

दमक / अमेरिका पुनर्वास गएका नेपाली भाषी भूटानीले चाडपर्वलाई लक्षित गरी दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा चामल वितरण गरेका छन् । शरणार्थीलाई रेखदेख गर्दै आएको दातृ निकायले राहत कटौती गरे पछि अति जोखिममा रहेका असाहय ५० घर परिवारलाई पूर्ण बहादुर तिवारी र खालेश्वरी तिवारीले आफ्ना पितृको नाममा २५ केजीका दरले १ वोरा चामल र नुन वितरण गरिएको छ ।

पितृहरु अगम प्रसाद र विष्णुमाया तिवारी तथा कुविरसिंह र गंगामाया विष्टको नाममा असाहय परिवारलाई तिहारमा सहयोग पुग्ने अपेक्षामा चामल वितरण गरिएको शरणार्थी शिविरमा रहेका आफन्त कुलबहादुर विष्टले जानकारी दिए । यस्तो कार्यले समाजमा ठूलो टेवा पुग्ने कार्याक्रममा सहभागीहरुले बताएका छन् ।

भूटानी शरणार्थी शिविर वेलडाँगीका सहायक शिविर सचीव टेकबहादुर राईको प्रमुख आथित्यमा भएको कार्याक्रममा उनले यस्तो सहयोगले असाहय भूटानीलाई ठूलो टेवा पुग्ने बताए ।

चामाल पाएका असाहय शरणार्थीले दाता परिवारलाई धन्यवाद दिँदै फेरि फेरि सहयोग गर्न आग्रह गरेका छन् । यस अघि यसै परिवारका आफन्त सिदबहादुर विष्टले पथरी र वेलडाँगी गरी एक सय घर परिवारलाई दशैंमा चामाल वितरण गरेका थिए । असाहय शरणार्थी परिवारलाई तिवारी र विष्ट परिवारले गरेको सहयोग उदाहरणीय र प्रशंसनीय भएको सामाजिक अगुवाहरुले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here